काठमाडौं– पूर्व मिस अमेरिका चेल्सी क्रिष्टले आत्महत्या गरेकी छिन्। अमेरिकी मोडल तथा मिस अमेरिका २०१९ की विजेता रहेकी क्रिष्टले घरबाट हाम फालेर आत्महत्या गरेकी हुन्।
क्रिष्टले ६० तलाको अमेरिकाको म्यानहाट्टनस्थित ओरियोन बिल्डिङको नवौं तलाबाट हाम फालेकी हुन्। उनलाई अन्तिमपटक २९औं तलामा देखिएको थियो।
हालसम्म क्रिष्टले किन आत्महत्या गरिन भन्ने खुलेको छैन्। आत्महत्या गरेपनि उनको सुसाइड नोट भने पाइएको छैन।
प्रहरीले उनको शरिरलाई पोष्टमार्टमका लागि पठाएर अनुसन्धान गरिरहेको छ। उनी ३० वर्षकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।