काठमाडौं- आईएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।
सहकार्यसम्बन्धी सम्झौतामा आईएमएसका सन्तोष ताम्राकार र सेलकम प्रालिका पवन प्रधानले हस्ताक्षर गरेका छन्।
सेलकम प्रालिद्वारा सञ्चालित सेलपे नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। यसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ।
आईएमएस सफ्टवेर सूचना प्रविधिसम्बन्धी कम्पनी हो, जसले विभिन्न क्षेत्रका लागि विभिन्न किसिमका सफ्टवेयरहरु निर्माण गर्दै आएको छ। सेलपेसँग सहकार्यपछि आईएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना क्रेडिटर्सहरुलाई आईएमएस सफ्टवेयर प्रयोग गरी सेलपेमार्फत् भुक्तानी गर्नसक्ने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।