काठमाडौं- सानिमा बैंक लिमिटेडले सोमबार कावासोती, बर्दिबास र अत्तरियामा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
कावासोती-८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरेकी थिइन्। यसैगरी बर्दिबास-१, महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्की र गोदावरी नगरपालिका-१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा संयुक्तरुपमा गरेका थिए।
उद्घाटन् समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन्।
बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।