काठमाडौं- गणपति वनस्पति प्रालिले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैरीगेट प्रदान गरेको हो।
महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीलगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरूलाई सवारी जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ।
कार्यक्रममा कम्पनीका सञ्चालक अनन्ता मोर, राजिव मोर र कम्पनीका बजार प्रबन्धक विनोद श्रेष्ठको उपस्थिति थियो।
कार्यक्रममा कम्पनीले ट्राफिक प्रहरीलाई बैरीगेट उपलब्ध गराएकोमा महाशाखा प्रमुख जोशीले कम्पनीलाई धन्यवाद दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।