काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सोमबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको हो। नेताहरूबीच संसद्मा जारी अवरोध, एमसीसी र स्थानीय तह निर्वाचनका विषयमा छलफल भएको बताइएको छ।
आउँदो जेठभित्र स्थानीय तह निर्वाचन गर्ने विषय सत्ता गठबन्धन दलभित्र यसअघि नै सहमति जुटिसकेको छ। तर, एमसीसीका विषयमा भने गठबन्धन दलहरूबीच मतभिन्नता छन्।
प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन चाहेका छन् भने प्रचण्ड र नेपालले नमानेको बताइएको छ। एमसीसीकै कारण सत्ता गठबन्धन टुट्नसक्ने टिप्पणी भइरहेपनि नेताहरूले यसलाई अस्वीकार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।