काठमाडौं– सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गरेका छन्। एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्न नहुनेसमेत उनको भनाइ छ।
‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्।’
एमसीसी पारित नभए देशमा थप आर्थिक संकट उत्पन्न हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भन्दै सचेतसमेत गराएका छन्।
‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्,’ उनले भनेका छन्,’ ‘शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।