काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर कतै नभनेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा फेसबुकमार्फत् उनले उक्त कुरा बताएका हुन्। ‘प्रधानमन्त्री देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको सत्य होइन,’ उनले लेखेका छन्,‘आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।’
उनले गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरामा पनि सत्य नरहेको दोहोर्याएका छन्।
‘कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन। हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहन्छ। साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता तथा राष्ट्रियहितलाई सर्वोपरि राख्छ। त्यसको निम्ति दृढ रुपमा प्रतिबद्ध छ । हाम्रा लागि अन्य सबै बिषय त्यस मातहत रहनेछन्,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।