• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

गीतको कथा : गलबन्दीमा अल्झिएको अधुरो प्रेम

64x64
युवराज भट्टराई बिहीबार, माघ २०, २०७८  ०७:०२
1140x725

काठमाडौं– दक्षिण अफ्रिकी उपन्यासकार तथा कवि आन्द्रे ब्रिन्कले आफ्नो उपन्यास ‘एन इन्सटेन्ट इन द विन्ड’मा उपन्यासको पात्र आदममार्फत भनेका छन्, ‘हामीभित्र भएको सम्झनालाई कसैले पनि हटाउन सक्दैन, हामी आफैंले पनि हटाउन सक्दैनौं।’

‘नोस्टाल्जिया’बारे उपन्यासको पात्रमार्फत आन्द्रेले दिएको परिभाषा धेरै हदसम्म उपयुक्त लाग्छ। दार्शनिकहरू यसलाई भावनात्मक विगतको सम्झनाको रूपमा लिन्छन्। कुनै सकरात्मक घटना वा सम्झना मात्र नभइ कुनै सामान्य दिन पनि भविष्यमा नोस्टाल्जिया बन्न सक्छन्।

उज्ज्वल सागरका गीतका शब्द जस्तै–
एउटै स्कुल थियो हाम्रो
मेरो सिट हुन्थ्यो तिम्रो पछाडी
चाहिन्छ कि तिमीलाई भनी
बसिरहन्थें पेन्सिल तिखारी

यो गीतका लाइन भूतकालमा व्यक्त छन्। अर्थात्, गीतकार नोस्टाल्जिक बनेका छन्। यसलाई दृश्यमा छायंकन गर्दा कस्तो होला?
स्कुलमा सँगै पढ्दा आफ्नो मनमा गुम्सिएका भावनाहरू बोकेर उज्ज्वल पोखरेल (उही उज्ज्वल सागर) स्कुलको प्राङ्गणमा कृतिलाई हेरिरहेका छन्। कुनै बेला बालसुलभ मनमा अंकुराएका भावनाहरू सम्झिदैं ‘नोस्टाल्जिक’ देखिन्छन्।

गायक उज्ज्वल सागरको गीत ‘पेन्सिल– अ नोस्टाल्जिया’ सुरुवाती दृश्य हो, यो। गीत शुक्रबार सार्वजनिक भएको छ। स्कुले जीवन र बाल्यकालमा सँगै पढेका कृति र उज्जवलबीचको मनोभावना गीतका शब्दमा कोरिएका छन्। कृतिको भूमिकामा छिन् किरण चन्द।

यो गीतलाई गायक उज्ज्वल र रोशन अधिकारीले संयुक्त रूपमा लेखेका हुन्। बाल्यकालमा हुने फरक प्रकारको प्रेमलाई गीतमा व्यक्त गरिएको छ। वयस्कमा उही ‘प्रेमी’ र ‘प्रेमिका’ सम्झिएर मुस्कुराउनुको मजा गीतका शब्द वर्णित छन्।

बाल्यकाल र वयस्क मात्र होइन, गीतमा किशोरावस्थाको भावलाई पनि व्यक्त गरिएको छ। नेपाली समाजमा प्रेमलाई संकुचित रूपमा हेरिन्छ। अझ किशोरावस्थाको प्रेम र मनोभावनालाई बुझ्ने मान्छे बिरलै भेटिन्छ। वास्तवमा परम्परागत प्रणालीमा चलेको समाजमा प्रेमलाई सकारात्मकभन्दा नकारात्मक पाटोबाट हेर्ने गरिन्छ।

उदाहरणका लागि काठमाडौं शहरलाई लिन सकिन्छ। शहर स्वभावैले प्रेमको मामिलामा उदार हुनुपर्ने हो। तर, प्रेम जोडीहरूलाई पार्क र विभिन्न सार्वजनिक तथा निजी स्थलबाट प्रहरीले पक्राउ गरेको समाचार आइरहन्छन्। त्यसैले भन्न सकिन्छ, शहरले समेत प्रेमलाई संकुचित बनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उसो भए प्रेम के हो त? चिन्तक तथा राजनीतिकर्मी प्रदीप गिरीको बुझाइ यस्तो छ, ‘प्रेम निशंकोच रूपमा स्वतन्त्रताको जगतमा प्रवेश गर्ने प्रयास हो। गणतान्त्रिक वा लोकतान्त्रिक स्वतन्त्रता होइन, साँचो अर्थमा मानवीय स्वतन्त्रता हो, प्रेम।’ केही वर्षअघि झापामा भएको ‘झापा साहित्य सम्मेलन’मा गिरीले दिएको यो अभिव्यक्तिले धेरै हदसम्म प्रेमलाई परिभाषित गर्छ। 

उज्ज्वलको गीतमा गिरीले परिभाषित गरेको प्रेम अभिव्यक्त भएको छ। उनले गीतमा  प्रेमको त्यो स्वरूपलाई प्रस्तुत गरेका छन्, जुन सामाजिक संकुचनभन्दा बाहिर र नितान्त भावनाले भरिएको छ।

भर्खर किशोरावस्थामा प्रवेश गरिरहेका युवक र युवतीको मनमा भएको प्रेम कस्तो होला? समाजको संकुचनलाई छाडिदिनुस्। मात्र, त्यो प्रेमबारे सोच्नुस्। न कुनै अपेक्षा, न त आकांक्षा। विनास्थार्थको प्रेम।

अब त्यो प्रेमिल मनोभावनालाई तपाईं केही वर्ष, वा भनौं दशकपछि सम्झिनुहोस्। त्यति बेला मनमा उब्जिने भावना हो, उज्ज्वलको गीत ‘पेन्सिल– अ नोस्टालजिया।’

Xtrem

Xtrem

किशोरावस्थामा भएको प्रेम सम्झिएर दशकौंपछि मनमा उब्जिएका भावनाहरू यसरी प्रस्तुत हुन्छन् गीतका यी शब्दमा–
माया टुटी जाने हैन
भन्थ्यौ तिमी नै हेर 
युगौँ बितिसकेछन् हेर 
ल्याउँदा खेरी सम्झेर

गीतमा गरिएका साना–साना बिम्बको प्रयोग उत्कृष्ट छ। जस्तो, पेन्सिल र इरेजरको प्रयोग सम्बन्ध र नियतिसँग जोडेर भएको छ। जब कृति परिवारसँगै बसाईं सरेर जान्छिन्, तब उज्ज्वल आफूले अब गल्ती गर्दा मेट्ने इरेजर नभएको प्रसंग गीतका शब्दहरूमा बोल्छन्।

‘नोस्टाल्जिया’ अच्चमको भाव हो। विगतको सम्झनाको वासना हो, जुन मानिसको उमेरसँगै हुर्किरहेको हुन्छ। मनमा हुर्किरहेको विगतको त्यो मनोभावनालाई प्रस्तुत गर्न चाहँदा गीतमा फेरि विगत नै दोहोरिन्छ। समय निष्ठुर बनिदिन्छ। आफूसँग भएको गलबन्दीमा अधुरो प्रेम टांगिएको थियो, त्यो कृतिको हातसम्म पुग्दैन। यसपटक पनि उनी उज्ज्वलको आगमनअघि नै गइसकेकी हुन्छिन्। 

गीतका शब्दले एउटा अधुरो प्रेमको कथा भन्छ।

गीतका शब्दले पोखेका भावना भिडियोमा पनि त्यही रूपमा प्रस्तुत गरिएको छ। उज्ज्वल पोखरेल, किरण चन्द, आस्तिक पौडेल, सुकृति बर्तौलाले अभिनय गरेका छन्। शब्दले पोखरेलका भावनालाई जस्तै दृश्यले पनि न्याय गरेको छ। 

वर्तमानमा भएको भेटमा विगतको सम्झना भिडियोमा प्रस्तुत गरिएको छ। सुरुवाती प्रसंगमा कृतिको आगमनदेखि दुई पात्रले सँगै पढेका कक्षाकोठा घुम्दै विगतमा सम्झिएका दृश्य सुन्दर छन्। 

गीतको भिडियोलाई निर्मल पौडेलले निर्देशन गरेका हुन्। उनका अनुसार गोर्खाको घ्यालचोकस्थित ज्ञानमार्ग उच्च माध्यमिक विद्यालयमा गीतको छायांकन भएको थियो। 

यो गीतको भिडियोमा रङ संयोजन निकै सुन्दर ढंगमा गरिएको छ। गीतमा वर्तमान र विगत छुट्याउन जुन रङबीच भिन्नता देखाइएको छ, निकै प्रशंसनीय छ। भिडियोमा देखाइएको कथाले पनि गीतलाई पूर्णता दिएको छ। भिडियोमा दुई समयको कथालाई समानान्तर ढंगमा देखाइएको छ। 

शब्द र दृश्यको संयोजनले गीतलाई सुन्दर बनाएको छ। गीतको अन्त्यमा किरणले उज्ज्वललाई खोजिरहेकी हुन्छिन्। तर, उज्ज्वल आउँदा उनी स्कुलको प्रांगणबाट बाहिरिसकेकी हुन्छिन्। उज्जल आफ्नो हातमा एउटा गलबन्दी बोकेर उनी छुटेको गाडी हेरिरहन्छ। 

त्यो गलबन्दी उनीहरूको अधुरो प्रेमको प्रतीक बनेको छ।

गीतको भिडियोः

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
बाढीपहिरोले थलियो विद्युत् क्षेत्र, १ हजार मेगावाट उत्पादन प्रभावित सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
आयोगले बोलायो टेकुका एसएसपी खड्कालाई, जबरालाई भेट्न नदिएको विषयमा बयान लिने सोमबार, असोज १२, २०८३
भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिको सभापति असोज १४ मा छानिँदै सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्