पाँच पल्टको विजेता ब्राजिल विश्वकप २०२६ को समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोको हातबाट १–१ को बराबरीमा रोकिएको छ । मोरक्कोले इस्माइल साइबरीको गोलमा २१ औं मिनेटमा अग्रता लिएको थियो ।
तर त्यो लामो समय भने टिकेन् र ब्राजिलका लागि भिनिसियस जुनियरले ३२ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि दुवै टिम थप गोल गर्न असफल रहे र दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।
प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा मैदानमा उत्रेको ब्राजिलले खेलमा प्रभावशाली प्रदर्शन गर्न सकेन् ।
मोरक्कोले पछिल्लो विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो र यसपल्ट पनि उसले राम्रो गर्ने अपेक्षा गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।