काठमाडौँ- सेफ सन्तोष साह पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति उनलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो । उनी बैंकिङ कसुरमा पक्राउ परेका हुन् ।
गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ । उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन्।
उनलाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।