काठमाडौँ - भारतबाट तस्करी गरी भित्र्याइएका २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलले भारतबाट ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर १ शिवनगरबाट ३३० थान युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र डिएसपी यज्ञमान साउदको टोलीले सो यौनवर्धक औषधि बरामद गरेको हो । प्रहरीका अनुसार उक्त औषधिको बजार मूल्य २४ लाख ७५ हजार रहेको छ । बरामद औषधि कृष्णनगर भन्सार कार्यालय पठाइएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।