काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन (राप्रविसं)ले शैक्षिक माफियाका कारण युवाहरूको भविष्य धुमिल भएको ठहर गरेको छ।
शैक्षिक माफियाले शैक्षिक क्षेत्र तहसनहस पारिरहेको भन्दै राप्रविसंले विद्यार्थी र समग्र देशकै भविष्यबारे चिन्ता प्रकट गरेको छ।
‘मुलुक अहिले विषम परिस्थितिमा फसेको छ। देशलाई यो भूमरीबाट बाहिर ल्याउन केवल राप्रपाले मात्रै सक्ने अवस्था छ,’ राप्रविसंका अध्यक्ष धनसुर शाहीले बैठकमा भने।
समावेशी नयाँ नेपाल निर्माण गर्ने भनेर सपना बाँड्ने दल र नेताहरूले जनतालाई झुक्याएको उनको भनाइ छ। बैठक राप्रविसंको महाधिवेशन र देशको विषम परिस्थितिमा केन्द्रित थियो।
‘हामीले हाम्रो लक्ष्य प्राप्त गर्न पार्टी सफल हुनुपर्छ। पार्टी अध्यक्षको नेतृत्वमा पार्टीलाई सफल बनाउन हामी सबैले सकारात्मक भूमिका निर्वाह गनुपर्छ,’ महासचिव एन्टीसंघर्ष राईले बैठकलाई सम्बोधन गर्दै भने।
पार्टी र संगठनमाथि आँच आउने किसिमको विषय सामाजिक सञ्जालमा छरपस्ट नगर्न बैठकले सबैलाई सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।