काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन्।
गुरुङले संघको अध्यक्षसँगै कांग्रेस क्रियाशील सदस्यताबाट पनि राजीनामा दिएका छन्। उनले माघ ११ मा राजीनामा दिएका थिए।
महाधिवेशन गराउन खोज्दा पार्टीले नगरेको, जनजातिको बिदा कटौती तथा महाधिवेशन प्रतिनिधि छनोट गर्दा संस्थालाई विभेद गरिएको बताउँदै उनले राजीनामा दिएका हुन् उनले सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन्।
संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा बुझाए पनि पार्टीबाट आजसम्म स्वीकृत नभएकाले महाधिवेशन गर्नसमेत नपाइएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।