काठमाडौं– राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले वर्तमान सत्ता साझेदार दलबीचको एकता आगामी निर्वाचनसम्मै आवश्यक रहेको बताएकी छन्।
प्रतिगमनकारी तत्त्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म गठबनधन आवश्यक रहेको उनको भनाइ थियो।
आफ्नो सम्मानमा पाल्पाको रामपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष ओलीले दम्भ देखाएकै कारण वर्तमान अवस्था सिर्जना भएको बताइन्।
एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी उनले सत्ता गठबन्धन संविधानलाई जोगाउन, लोकतन्त्र बचाउन र विकास निर्माणलाई अगाडि बढाउन भएको स्पष्ट पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।