काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। आज बिहान बसेको गठबन्धनको बैठक अहिले अपराह्न पुनः बोलाइएको हो।
केहीबेरअघि सुरु भएको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। अनौपचारिक जानकारीअनुसार यस बैठकले निर्वाचन सम्बन्धमा आवश्यक निर्णय गर्नेछ।
स्थानीय तहको निर्वाचन मात्र नभइ तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भइरहेको छ। वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।