• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

हरर फिल्ममा कलात्मक प्रस्तुति : पूर्वजले छाडेको खजाना र लोभले निम्त्याएको वियोगान्त

64x64
युवराज भट्टराई शनिबार, माघ १५, २०७८  ११:२०
1140x725

काठमाडौं– भारतको महाराष्ट्र क्षेत्रस्थित रत्नागिरी जिल्लामा एउटा गाउँ छ– तुम्बाड। मुख्यगरी ‘मुग्गर’ भनिने घडियालका लागि प्रसिद्ध गाउँको अर्को कथा पनि छ। यहाँका स्थानीय विगतमा उनीहरूका पूर्वजले थुप्रै खजाना तुम्बाडमा लुकाएको विश्वास गर्छन्।

‘तुम्बाड’ सन् २०१८ मा प्रदर्शनमा आएको भारतीय फिल्मको नाम पनि हो। यो फिल्मले उक्त गाउँको विगतसँग जोडिएको कथा समेटेको छ। उनीहरूका पूर्वजले लुकाएको भनिएको खजानाको प्रसंगलाई हस्तरसँग जोडिएको छ। हस्तर, जो पूर्तीकी देवी (ब्रह्माण्डकी देवी)ले जन्माएका १६ करोड देवीदेवतामध्ये पहिलो थियो।

यो फिल्मलाई तीन जना निर्देशक राही अनलि बार्भे, आनन्द गान्धी र आदेश प्रसादले संयुक्त रुपमा निर्देशन गरेका छन्।  यो फिल्मसँग जोडिएका प्रसंगहरूले फिल्ममा गरिएको मिहिनेतलाई बताउँछन्। यसका लागि झरी परेको दृश्यहरू खिच्न चार वर्ष लागेको थियो। १०४ मिनेटको फिल्मको छायांकन सकाउन ६ वर्ष लागेको थियो। 

फिल्मबारे पर्दा पछाडिका प्रसंगहरू धेरै छन्। पर्दामा देखाइने दृश्यले भने लोभको कथा भन्छन्। खजाना भन्ने बित्तिकै मान्छेमा लोभ जाग्छ। मान्छेको त्यही स्वभाव देखाउन मिथकीय कहानीलाई आधार बनाइएको छ। हरर विधामा बन्ने अधिकांश भारतीय फिल्ममा देखाइने बदलाका कथाभन्दा फरक र नयाँ यसमा देखाइएको छ।

फिल्म महात्मा गान्धीको भनाइबाट सुरु हुन्छ– ‘संसारमा हरेकको आवश्यकता पूरा गर्न पर्याप्त स्रोत साधन छन्, मान्छेको लोभको लागि छैन।’ यसपछि हस्तर र तुम्बाडमा परेको श्रापको प्रसंग आउँछ। 

हस्तरकी आमा पूर्तीकी देवी अनन्त सुन र अन्नको प्रतीक मानिन्छिन्। यो पृथ्वी उनको कोख हो। उनले आफ्नो कोखबाट जन्म दिएका १६ करोड देवीदेवतामध्ये सबैभन्दा प्रेम पहिलो सन्तान हस्तरलाई गर्थिन्। हस्तर भने देवीसँग भएको अन्तहिन सुन र अन्न पाउन चाहन्थ्यो। सुन त उसले जसोतसो पाउँछ, तर अन्न लिन खोज्दा अरु देवीदेवताले ऊमाथि हमला गर्छन्। त्यो हमलाले हस्तर क्षतविक्षत हुन्छ। ऊ मर्नुअघि देवीले उसलाई शर्त राखेर बचाउँछिन्। शर्त हुन्छ– अन्य देवीदेवतालाई जस्तो कसैले पूजा गर्दैनन्। 

कैयौं युगसम्म हस्तर देवीकै कोखमा निदाइरहन्छ। तर, तुम्बाडका पूर्वजहरूले हस्तरको मन्दिर बनाएपछि यो गाउँमा अन्य देवीदेवताको क्रोध बर्सिन थाल्छ।

तीन समयको कथा
फिल्मलाई तीन समयांशमा बाँडिएको छ, जहाँ तीन पुस्ताको कथा समेटिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो समयांशमा सन् १९१८ को कथा छ। भारत अंग्रेजको गुलाम थियो। तुम्बाडमा विनाथक (सोहुम साह अभिनित), उसकी आमा (ज्योती माल्से अभिनित) र उसको भाइ सदासिव गाउँको जमिन्दार सरकार (माधव हरी जोशी अभिनित)को सेवा गर्दै जीवन चलाउँथे। उसको हेरचाहको कारण थियो लोभ। सरकारसँग सुनको सिक्का थियो, त्यसैको लोभमा विनायकको परिवार गाउँमा थियो।

तुम्बाडमा निरन्तर झरी परिरहन्छ। अचानक भएको सरकारको मृत्युपछि विनायककी आमा पुणा जाने सोच्छे। तर, विनायक भने सरकारको मृत्युपछि ‘बाडा’ (मन्दिर भएको क्षेत्र) आफ्नो भएको र त्यहाँको खजाना पनि आफ्नो हुने बताउँछ। अब आफूहरूले बाडामा भएको खजाना खोज्नुपर्ने उसको योजना छ। 

उसकी आमा सरकारले जीवनभर खोज्दा पनि नपाएकाले खजाना नभएको तर्क गर्छिन्। तर, विनायक भने आफ्नी हजुरआमा (पुष्पक कौशिक अभिनित)लाई खजाना भएको थाहा भएको बताउँछ। हजुरआमा हस्तरको छुवाइबाट अमर भएकी हुन्छिन्। तर, त्यो अमरत्व उनका लागि बरदान नभएर श्राप हुन्छ। उनको शरीर कुरप र विकृत हुँदै गएको छ।

सरकारको मृत्युपछि पुणा जान खोजिरहेका विनायक, उसकी आमा र भाइ सदासिवको जीवनमा अर्को दुर्घटना हुन्छ। सदासिवको मृत्यु हुन्छ। त्यसपछि विक्षिप्त भएकी आमा विनायकलाई लिएर पुणाको यात्रामा निस्किन्छिन्। विनायक यो समयमा पनि खजानाकै कुरा गर्छ। आमा उसलाई यो विषयमा नबोल्न र तुम्बाड नफर्किन वाचा गराउँछिन्। 

फिल्ममा दोस्रो समयांश सन् १८४७ को छ। विनायक आमाको मृत्युपछि तुम्बाड फर्किन्छ। आफ्नो पुरानो घरमा गई हजुरआमालाई मोक्ष दिन्छ। हस्तरको छुवाइपछि अमर भएकी हजुरआमाले उसलाई खजानाको ठेगाना र त्यसलाई लिने तरिका बताउँछिन्। सयौँ वर्षसम्म अमर भएकी उनको शरीरबाट रुखहरू पलाएका हुन्छन्। तर, मृत्यु भएको हुँदैन। विनायक उसलाई जलाएर मोक्ष दिन्छ। 

फिल्ममा तेस्रो कथा विनायकको छोरा पाण्डुरंग (मोहम्मब समाद)सँग जोडिएको छ। यो कथा १४ वर्षपछिको हो, जब भारत स्वतन्त्र भइसकेको हुन्छ। विनायकको सम्पत्ति अनगिन्ती हुन्छ।

तेस्रो कथामा विनायक र उसको छोरा तुम्बाड गएर सीमित सुनका सिक्काभन्दा हस्तरसँग भएको थैली नै ल्याउने सोचमा हुन्छन्। सिक्काबाट सन्तुष्ट नभएकाले पाण्डुरंगले थैली नै चोर्ने सोच बनाएको हुन्छ। जुन सोचमा उसको बुबा विनायक सहमत भएर पूर्तीकी देवीको कोखमा जान्छन्। तर, यहाँ भने उनीहरूको लोभले विलाप ल्याउँछ। 

लोभले ल्याएको वियोगान्त
तुम्बाडको कथाको आधार हो, लोभ। फिल्मका सबै पात्रसँग एक किसिमको लालसा हुन्छ। 

सरकार जीवनको अन्तिम समयमा छ र उ यौनको लोभले ग्रसित हुन्छ। आफूभन्दा कयौं वर्ष कान्छी विनायककी आमालाई ‘रखेल’ जसरी सुनको सिक्काको लोभमा राखेर ऊबाट सरकार यौन सुख लिइरहेको हुन्छ।

यता विनायककी आमा सिक्काको लोभमा हुन्छिन्। सरकारसँग भएको सिक्का र खजानाको ठेगानाको लोभमा ऊ सरकारको सेवासँग यौन सुख दिइरहेकी हुन्छिन्। सरकारको मृत्युसँगै उसकी आमा तुम्बाड छाडेर जान्छिन्। किनकि, अब उनीहरूले खजाना ठेगाना पाएका हुँदैनन्। 

विनायक बाल्यकालबाटै लोभले ग्रस्त हुन्छ। सरकारसँग भएको सिक्काप्रतिको मोहसँगै तुम्बाड छाडेर जाने बेला पनि उसमा भएको लोभ झल्किन्छ। कान्छो छोरा सदासिवको मृत्युको विरहमा भएकी आमाको लागि ऊ फेरि तुम्बाड नआउने वाचा गर्छ। तर, सरकारको मृत्युपछि तुम्बाडमा भएको बाडाको लोभले ऊ फेरि गाउँ फर्किन्छ। 

सन् १९१८ मा पुणा गएपछि सन् १८४७ मा ऊ फेरि तुम्बाड फर्किन्छ। ऊ खजाना खोज्ने हेतुले फर्किएको हुन्छ। मोक्षको पखाइमा भएकी उनी नाति (विनायक)लाई भन्छिन्, ‘तँ लोभी छस्।’

जवाफमा विनायक भन्छ, ‘ममा भएको गुण त्यही त हो।’

यी संवादले पनि उसमा भएको लोभको स्तर देखाउँछ।

फिल्ममा देखाइएको विनायकको सबै पुस्ताहरू एकपछि अर्को थप लोभी हुँदै गएको देखाइएको छ। उसकी हजुरआमा हस्तरसँगको खजाना चोर्दा अमर भएकी हुन्छिन्। विनायककी आमाको मोह सुनको एउटा सिक्का प्रति हुन्छ। कान्छो छोरा सदासिवको मृत्युपछि उनमा भएको त्यो मोह हराउँछ। तर, विनायक भने बाल्यकालबाट नै एउटा सिक्का नभएर पूरै खजाना आफ्नो बनाउन चाहन्छ। 

समयक्रमसँगै हस्तरबाट सिक्का लुटेर ल्याउने तरिका सिकेपछि थुप्रै पटक पूर्तीकी देवीको गर्भमा गएर ऊ सुन ल्याउँछ। हस्तरलाई श्राप हुन्छ, अन्न छुन नपाउने। तर, मानिसले दिएको वा अन्नको रूपमा नरहेको खानेकुरा ऊ छुन र खान सक्छ। विनायक पूर्तीकी देवीको मन्दिरमा रहेको हस्तर बस्ने उनको कोखमा गई यही तरिकाले खानेकुरा दिन्छ। जब हस्तर खानेकुरामा मग्न हुन्छ, तब ऊ हस्तरको थैलीबाट केही सुनका सिक्का लिएर भाग्छ।

तर, यसो गर्दा हस्तरले छोएमा मानिस अमर हुन्छ। त्यो अमरत्व श्राप हो। जस्तो हस्तरकी हजुरआमाले भोगिरहेकी छिन्। 

तेस्रो पुस्तामा आइपुग्दा विनायकको छोरा पुण्डुरंग थप लोभले भरिएको हुन्छ। बुबाले एउटा सिक्काको सट्टा थुप्रै सिक्काको सपना देखेको थियो। तर, छोराले भने सिक्का भएको थैलीको सपना देख्छ। असिमित सिक्का उत्पादन गर्ने त्यो थैली नै चोर्ने लक्ष्य लिएर उनीहरू हस्तर बस्ने पूर्तीकी देवीको कोखमा जान्छन्। 

उनीहरूले थुप्रै पिठोका गुडिया बनाउँछन्। एउटा खाएपछि अर्को दिने सोचले त्यसो गरेका हुन्छन्। तर, उनीहरूको सोचअनुसार हुँदैन। जति धेरै पिठोका गुडिया बाहिर निकालिन्छ, त्यति नै धेरै हस्तर पनि उत्पत्ति हुन्छ।       

अन्तिममा विनायक थैली त हासिल गर्न सक्छ, तर त्यसका लागि आफ्नो आहुती पनि दिनुपर्छ। हस्तरको छुवाइका कारण उसको शरीरमा परिवर्तन सुरु भइसक्छ। छोरा पाण्डुरंगले उसलाई जलाएर मुक्ति दिन्छ।

मिथकीय कथामा कलात्मक प्रस्तुति
तुम्बाडले मिथकीय पात्र हस्तरलाई आधार बनाएर मानिसमा हुने लोभको कथा भन्छ। फिल्मको कथा जति सरल बगेको छ, त्यसलाई प्रस्तुत गर्दा पनि उस्तै कलात्मक बनाइएको छ। ‘तुम्बाड’ फिल्मको सुन्दर पाटो यसले कथालाई गरेको व्यवहार हो। मानिसमा हुने लोभको कथालाई हरर विधामा आधारित फिल्म बनाउन लेखिएको पटकथा गजब छ। निर्देशकले त्यसलाई दृश्यमा पनि उस्तै सुन्दर ढंगमा उतारेका छन्। काल्पनिक पात्रलाई फिल्ममा ल्याएर तुम्बाडको यथार्थ देखाउने प्रयास सराहनीय छ।

हरर विधाको फिल्म भएकाले यसमा मुल भूमिका सिनेमामा देखाइने ‘भूत’ (हस्तर)ले खेल्नु पर्ने अनुमान गर्न सकिन्छ। तर, यहाँ मुल भूमिका मानिसमा भएको लोभले खेलेको छ। कथा प्रस्तुतिको एउटा सुन्दर पाटो यो पनि हो। फिल्ममा हस्तर एउटा ‘सब प्लट’को रुपमा मात्रै आएको छ। मुख्य डराउने तत्व त फिल्मका सबै पात्रहरूसँग भएको लोभ हो।

फिल्ममा भएको अर्को उत्कृष्ट पाटो यसको पाश्र्वध्वनी हो। जेस्पर किडको संगीतले फिल्ममा भएको तनावपूर्ण, विचित्र, उदास र सुखी सबै अनुभुतिलाई प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेनाका दुई हेलिकप्टर परिचालन बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरेमा बाढीको वितण्डा : प्रत्यक्षदर्शी भन्छन्– सरकारी भवन, होटल, मालवाहक गाडी केही छैन बुधबार, भदौ १०, २०८३
रसुवामा अचानक बाढी, बस्ती र बजारमा क्षति बुधबार, भदौ १०, २०८३
रसुवामा बाढी, धादिङ प्रशासनद्वारा त्रिशूली किनारमा सतर्कता अपनाउन आग्रह बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा पानीको बहाव उच्च, पाँच जिल्लाका नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्