• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भर्चुअल मुद्रा कारोबारमा छैन कारबाहीको कानुन, विदेशी विनिमय ऐनको भरमा मुद्दा

64x64
दुर्गा दुलाल शुक्रबार, माघ १४, २०७८  १४:०९
1140x725

काठमाडौं– राजस्व अनुसन्धान विभागले गएको सोमबार विद्यार्थी राजनीतिमा सक्रिय कैलाली लम्कीचुहा–१० स्थायी ठेगाना भएका दिनेश खड्काको परिवारलाई नै क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको आरोपमा मुद्दा दायर गरेको छ। विभागले खड्कालगायतसँग साढे ३७ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो। 

हाल काठमाडौं कालोपुल, गुरुङटोल बस्ने खड्का आफैंले परिवारको नाममा विभिन्न बैंकमा खाता खोलेर डलरको अवैधानिक कारोबारसमेत गरेका थिए। विभागले खड्कासहित उनका बुवा, दिदी र केटी साथीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

खड्काले केटी साथी अनिता धितालसँग मिलेर परिवारलाई समेत जानकारी नदिइ यस्तो कारोबार गर्ने गरेका थिए। उनले परिवारका सदस्यका नाममा पनि खाता खोलेर कारोबार गर्दा बाबु नरबहादुर र दिदी भगवती फस्न पुगेका थिए। 

राजश्व अनुसन्धान विभागका एक कर्मचारीका अनुसार सुरुमा क्याम्पस पढ्ने विद्यार्थीले त्यति ठूलो रकम कारोबार गरेको विश्वास गर्नै मुस्किल भएको थियो। ‘सामान्य स्कुटर चढेर हिँड्ने र प्रायः पशुपति क्याम्पस वरपर देखिने युवाले ३७ करोड रुपैयाँ बराबरको डलर कारोबार गर्ने हिम्मत कसरी जुटायो भनेर हामी आश्चर्यमा परेका थियौँ,’ ती अधिकारीले भने, ‘वास्तवमा उनी त साना खेलाडी मात्र हुन्। ठूलो खेलाडी अरु नै छन्।’

यही शंकाको आधारमा विभागले २९ दिनसम्म थुनामा राखेर उनीमाथि अनुसन्धान गरेको थियो। तर, अन्य कुनै व्यक्तिको संलग्नता पुष्टि हुन सकेन। विभागले चार जनाविरुद्ध मात्र मुद्दा चलाएको छ।

जिल्ला अदालतमा दर्ता भएको भर्चुअल मुद्रासम्बन्धी यो दोस्रो मुद्दा हो। यसअघि बिटक्वाइनसम्बन्धी मुद्दा प्रहरीले २०७४ कात्तिक १२ गते काठमाडौं जिल्ला अदालतमै दायर गरेको थियो। १० जनालाई अभियुक्त बनाई दायर भएको उक्त मुद्दामा पाँच जनालाई दोषी ठहर गर्दै जिल्ला अदालतले फैसला सुनाएको थियो। 

यो पनि पढ्नुहोस्

सात वर्ष कैद र चार करोड बिगो मागदाबी गरिएका क्रिप्टोकरेन्सी प्रतिवादीलाई ३८ लाखमै उन्मुक्ति !

त्यसपछि पनि भर्चुअल मुद्राको कारोबार घटेको छैन। करिब डेढ महिनाअघि हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो। हङकङमा खरिद गरेर काठमाडौं भित्र्याउन लागिएको ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारको डाटा लुकाउन प्रयोग हुन्छ। 

ती डिभाइस अष्ट्रेलियामा रहेका एक नेपाली मूलका व्यक्तिले ‘अनलाइन सपिङ’ गरेर नेपाल भित्र्याएका थिए। पेन ड्राइभजस्तो देखिने डिभाइसमा शंका लागेपछि भन्सार कार्यालयले खोलेर हेर्दा ‘क्रिप्टोकरेन्सी’ लेखेको देखे। त्यसपछि बरामद गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जाँचका लागि नमूना पठाइएको थियो। अनुसन्धानका क्रममा ती डिभाइस काठमाडौंकै लागि भित्र्याएको पाइएको प्रहरीले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस विमानस्थलबाट बरामद

गएको माघ ६ गते नेपाल प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेका तीन जनामा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन्। प्रहरीले ठगीको उजुरीमा अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीका कारोबारी फेला परेका थिए। उनीहरूमाथि बैंक तथा वित्तीय संस्था विनिमय ऐन २०७३ अन्तर्गत अनुसन्धान थालिएको छ। 

राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक क्रिप्टोकरेन्सी कारोबार गरिसकेको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ। राजनले मंसिरदेखि पुससम्म २६ लाख रूपैयाँ बराबर क्रिप्टोकरेन्सी कारोबार गरेका थिए। उनले नै अन्य दुई जनालाई यसमा संलग्न गराएको बयान प्रहरीलाई दिएका छन्। उनीहरु भर्खर क्याम्पस पढ्ने विद्यार्थी भएकाले अन्य ठूलै समुहको संलग्नता हुन सक्ने अनुमानका आधारमा प्रहरीले विस्तृत अनुसन्धान थालेको जनाएको छ। 

यी घटनाबाट नेपालमा गैरकानुनी भएको भर्चुअल मुद्राको कारोबार बढ्दै गएको देखिन्छ। पछिल्ला केही घटनाले नेपालमा क्रिप्टोकरेन्सीको जालो नै लागिसकेको देखिन्छ। यस्ता कारोबारमा संलग्न भएको आरोपमा पक्राउ पर्ने धेरैजसो युवा र विद्यार्थी छन्। 

न उजुरी, न अनुसन्धान!
नेपाल राष्ट्र बैंकले नै माघ ९ गते एक सूचना जारी गरेर गैरकानुनी भर्चुअल मुद्राको कारोबारमा वृद्धी भएको जनाएको छ। छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सीहरूको कारोबारमा वृद्धि भएपछि राष्ट्र बैंकले त्यस्तो कारोबार नगर्न सूचना जारी गरेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कानुनी मान्यता नपाएको वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिएर स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकले जनाएको छ। त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरूमाथि प्रचलित कानूनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

उता नेपाल बैंकर्स संघले पनि मंगलवार नेटर्वकिङ र क्रिप्टोकरेन्सी कारोबार नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ। यस्तो गैरकानुनी कारोबारबाट सर्वसाधारण ठगिने संघले जनाएको छ। क्रिप्टोकरेन्सी कारोबारमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेपछि राष्ट्र बैंक र बैंकर्स संघले सूचना निकालेर सचेत हुन आग्रह गरेका हुन्।

सरकारले भर्चुअल मुद्रा कारोबार नियमन गर्न कुनै कानुन वा ऐन बनाएको छैन। यस्ता कारोबारीलाई विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा १७ अनुसार मुद्दा चलाइने गरिएको छ। यो कारोबारमा सहभागी हुने र गराउने दुवैले उजुरी नगर्ने भएकाले नियन्त्रण गर्न सजिलो छैन। अहिले विचाराधीन रहेको एक थानबाहेक अन्य कुनै मुद्दा छैन। थप एउटा घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

क्रिप्टोकरन्सी कारोबारबारे हालसम्म उजुरी नआएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए। प्रहरीमा कुनै पक्ष ठगिएको वा गैरकानुनी कारोबार भएको जानकारी आए मात्र अनुसन्धान हुने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

किन बढ्दै छ अवैध 'क्रिप्टो करेन्सी'को कारोबार?

कतिपय देशमा भर्चुअल मुद्रालाई वैधानिकता दिइएको छ। तर, नेपालमा यस्तो कारोबार वैधानिक बनाउने गृहकार्य नभएको र कानुनले नचिन्ने हुँदा अवैध ठहरिने नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। यसरी हुने कारोबारले देशको आर्थिक गतिविधिलाई असर गर्ने कारण कारबाही गर्नु परेको उनको भनाइ छ।

डलर विनियममार्फत अवैध काम धेरै हुने गरेको भन्दै पछिल्लो पटक नेपाल राष्ट्र बैंकले नै राजश्व अनुसन्धान विभागलाई अनुसन्धानका लागि आग्रह गरेको थियो। अनुसन्धानका क्रममा दिनेश खड्कासहित चार जना फेला परेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। विभागले अन्य केही व्यक्तिबारे पनि अनुसन्धान गरिरहेको उनले बताए। 

के हो क्रिप्टोकरेन्सी?
क्रिप्टोकरेन्सी यस्तो भर्चुअल मुद्रा हो, जसको मूल्यमा उतारचढाव आइरहन्छ। यो मुद्राको कारोबारमा संसारको कुनै निकायले नियमन गर्दैन। नेपाललगायत धेरै देशमा यस्तो मुद्राको कारोबार गैरकानुनी छ। तर, छोटो अवधिमै उच्च प्रतिफल पाइने प्रलोभन देखाएर नेपालमा यस्तो कारोबार हुँदै आएको राष्ट्र बैंकले जनाएको छ। 

यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंकले नियमन र नियन्त्रण गर्न सक्दैन। संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ। 

क्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ। सन् २००९ देखि चर्चामा आएको बिटक्वाइन पहिलो क्रिप्टोकरेन्सी हो। अहिलेसम्म संसारमा ११ सय क्रिप्टोकरेन्सी संचालनमा छन्। नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम पनि जारी छ।

के हो बिटक्वाइन?
ओपन सोर्स सफ्टवेयरको रुपमा जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा बिटक्वाइनको प्रयोग सुरु गरेका थिए। बिटक्वाइनको संस्थापकको श्रेय पाएका सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन। 

सन् २००९ मा कारोबार सुरु हुँदा एक बिटक्वाइन बराबर १० सेन्ट थियो। यसको मूल्य चार लाख ४३ हजार डलरसम्म पुगेको थियो। यसको कारोबार गर्न कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन। कारोबार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी हुँदैन। यसको कारोबारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने हुन्छ।

विश्वमा अहिले बिटक्वाइनमा लगानी बढिरहेको छ। यो डलर, युरो, भारु वा नेपाली नोटजस्तो कागजी रुपमा छापिँदैन। इन्टरनेटमार्फत विट सेवा लग अन गर्ने, युजर आइडी बनाउने, साथीभाइ खोज्ने, माइनिङ गर्ने, त्यसमा रहेको वालेटमा क्वाइन किनबेच गर्ने र कारोबार गर्ने गरिन्छ। बिटक्वाइन सेयरजस्तै गरी रकम बढ्ने वा घट्ने हुन्छ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १४:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्