• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सात वर्ष कैद र चार करोड बिगो मागदाबी गरिएका क्रिप्टोकरेन्सी प्रतिवादीलाई ३८ लाखमै उन्मुक्ति !

64x64
नारायण अधिकारी बिहीबार, माघ १३, २०७८  १२:४९
1140x725

काठमाडौं– सात वर्षसम्म कैद र ४ करोडभन्दा बढी बिगो मागदाबीसहित मुद्दा चलाइएका क्रिप्टोकरेन्सी (बिटक्वाइन)का प्रतिवादीलाई ३८ लाख रुपैयाँ जरिवानामै काठमाडौं जिल्ला अदालतले उन्मुक्ति दिएको छ।

गत भदौ ३० गते काठमाडौं जिल्ला अदालतकाका न्यायाधीश चाणकमणि अर्यालको इजलासले बिटक्वाइन मुद्दा चलाइएकामध्ये ५ जनालाई दोषी ठहर गरेको थियो भने ५ जनालाई सफाइ दिने फैसला गरेको थियो। 

दोषी ठहर भएकाहरुको हकमा सजाय निर्धारण भएको छ। उक्त सजाय निर्धारणको विवरण हालै सार्वजनिक भएको छ। 

काडमाडौं जिल्ला अदालतले निर्धारण गरेको सजाय विवरण अनुसार बिटक्वाइन मुद्दामा दोषी ठहर भएका कसैलाई पनि जेल सजाय तोकिएको छैन। उनीहरुलाई बिगोवापत जरिवाना मात्रै सुनाइएको छ। 

जबकी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०७४ कात्तिक १२ गते ४ करोड ९ लाख ६६ हजार ५९६ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको थियो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यताप्राप्त नभएकाले बिटक्वाइनसम्बन्धी कारोबार नेपालमा पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २०७४ साउन २९ गते सूचना नै जारी गरेको थियो। 

बिटक्वाइन कारोबार नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ विपरीत भएको भन्दै सोही कसूर अनुसार सीआईबीले पक्राउ गरेका १० जनालाई मुद्दा चलाएको थियो।

मुद्दा चलाइएकामध्ये सिन्धुली मरिन गाउँपालिका –४ घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीको मालारानी गाउँपालिका–७ का ३४ वर्षीय माधव खनाल, काठमाडौं–४ भाटभटेनीका २५ वर्षीय प्रशान्तप्रताप शाह, रुपन्देही उपमहानगरपालिका–११ का मनिषकुमार गिरी, नुवाकोट बेलकोटगढी नगरपालिका–५ की २४ वर्षीया बिन्दा ढकाल दोषी ठहर भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुको सजाय निर्धारण हालसालै सार्वजनिक भएको छ। सजाय निर्धारण विवरण अनुसार शाहलाई ३० लाख रुपैयाँ जरिवाना, पौडेललाई ६ लाख २७ हजार जरिवाना, गिरीलाई ११ हजार ४९५, ढकाललाई ६२ हजार ५ सय र खनाललाई १ लाख १४ हजार ७ सय ५० जरिवाना निर्धारण गरिएको छ। 

जबकी शाहले १ करोड १५ लाख ४७ हजार ३ सय ८७ रुपैयाँ बराबरको बिटक्वाइन कारोबार गरेको देखिएकाले सोही बमोजिमको बिगो, पौडेलले २ करोड २१ लाख ३६ हजार ९ सय ७० रुपैयाँ बराबरको कारोबार गरेकाले सोही बमोजिम बिगो मागदाबी गरिएको थियो। खनालको हकमा ५२ हजार ५ सय ५० रुपैयाँ, गिरीको हकमा ३ लाख ३६ हजार ३ सय ९७ रुपैयाँ र ढकालको हकमा २ लाख ६२ हजार ७ सय ५० रुपैयाँ बिगो मागदाबी गरिएको थियो। 

२ करोड २१ लाख भन्दा बढी मागदाबी गरिएका पौडेल जम्माजम्मी ६ लाख २७ हजार र १ करोड १५ लाख मागदाबी गरिएका शाह ३० लाखले ३० लाखमै उन्मुक्ति पाएका छन्। राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसारको कसूर गरेको भन्दै मुद्दा दायर भएको थियो। उनीहरुलाई उक्त बिगोसँगै ऐनको दफा ९६ (१) बमोजिम सजायको माग गरिएको थियो। दफा ९६ (१) अनुसार बढीमा ७ वर्षसम्म कैद हुन सक्ने प्रावधान छ।

अझ राष्ट्र बैंक ऐन २०५८ को दफा ९६ (१) मा बिगोको तीन दोब्बरसम्म जरिवाना हुनसक्ने उल्लेख छ। तर, उनीहरुलाई तीन दोब्बर होइन बिगोको ३ प्रतिशत मात्रै जरिवाना तिराएर अदालतले उन्मुक्ति दिएको छ। 

Xtrem

Xtrem

उनीहरुलाई बिगो मागदाबीको जम्माजम्मी तीन प्रतिशत मात्रै जरिवाना तिराएर उन्मुक्ति दिने कारणबारे अदालतले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ, ‘प्रतिवादीहरु पटके कसूरदार नभएको, उनीहरुको उमेर, पेसा एवम् आर्थिक अवस्था अनुसार बिगो बराबर जरिवाना गर्दा पनि कानुनमा उल्लेखित व्यवस्थाको मकसद पूरा हुने हुँदा थप जरिवाना नगरिएको हो।’

प्रतिवादी मध्येका राप्रपाका नेता दमन बस्नेत, अर्घाखाँचीको मालारानी–७ का सञ्जय खनाल, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ का मिङमार तामाङ, ताप्लेजुङका २१ वर्षीय विश्वविक्रम राई र स्याङ्जाको बिरुवा–१ का सौगातकुमार वाग्लेले सफाइ पाएका थिए। यसअघि उनीहरुले अदालतमा धरौटी राखेको रकम समेत फिर्ता गर्न पूर्णपाठमा भनिएको छ। 

यो पनि पढ्नुहोस्

हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस विमानस्थलबाट बरामद बुधबार, माघ १२, २०७८

प्रतिवादीहरुमध्ये प्रशान्तप्रताप शाहले बिटक्वाइन कारोबारको क्रममा आफूले बिटएक्सनेपाल डटकम वेवसाइट  खोलि बिटक्वाइन सट्टापट्टाको कारोबार गर्ने गरेको खुलेको थियो। मनिषकुमार गिरीले आफ्नो फेसबुक पेजमा बिटक्वाइन प्रचार गर्ने गरेको, प्रशान्तले बिटक्वाइनको माइनिङ गर्न दोलखामा उपकरण जडान गरेका पाइएको थियो। 

माधव खनालले ज्ञानप्रसाद पौडेलबाट ग्राभिटी क्वाइन खरिद गर्ने गरेको, बिन्दा ढकालले वालेटमा ग्राभिटी क्वाइन जम्मा गरेको अनुसन्धानबाट खुलेको थियो। त्यस्तै, दमन बस्नेतले प्रशान्तबाट बिट क्वाइनसम्बन्धी कारोबारको जानकारी लिएर बिटक्वाइन खरिद गरी कारोबार गरेको देखिएको सीआईबीको अनुसन्धानमा खुलेको थियो। 

उक्त बिटक्वाइन बस्नेतले आफ्ना भतिजा सौगात वाग्लेको मोबाइलमा राखेका थिए। ज्ञानप्रसाद पौडेलले प्रशान्त र अभिनाश साहसँग पटक–पटक बिटक्वाइन खरिद गरेको अनुसन्धानमा खुलेको थियो। मिङमार तामाङसँग १३ वटा क्रिप्टोकरेन्सी वालेट रहेको पाइएको थियो। सौगातकुमार वाग्ले र दमन बस्नेतले आफ्नो मोबाइलमा कोपे एप्स राखि त्यसमा बिटक्वाइन जम्मा गर्ने गरेका थिए। 

विश्वविक्रम राईले ड्रिम क्वेस्ट इन्भेष्टमेन्ट प्रालि कम्पनीको नाममा बैंकमा खाता खालेर बिटक्वाइनको कारोबार वापतको रकम जम्मा गर्ने गरेका थिए। यसरी अवैध विनिमय कारोबारमा संलग्न रही नेपालको अर्थतन्त्रलाई गम्भीर असर पर्न जाने गरी नेपाल राष्ट्र बैंकको गेटवेलाई बाइपास गरेर उनीहरुले विदेशी विनिमय कारोबार गरेका थिए। 

यो पनि पढ्नुहोस् :
बिटक्वाइन मुद्दा : ४ करोडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेको सर्‍यै

कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमिते

बिटक्वाइनमा मुछिएको ई-सेवामार्फत् 'बेटिङ' धन्दा, १३ प्रतिशत कमिसन बुझेर अवैध रकम ट्रान्सफर

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्ति

बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?

बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदन

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्