• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस विमानस्थलबाट बरामद 

नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएका थिए डिभाइस
64x64
नारायण अधिकारी बुधबार, माघ १२, २०७८  १२:५१
1140x725

काठमाडौं– हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरेको हो। 

हङकङमा खरिद गरेर काठमाडौं भित्र्याउन लागिएको क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रयोग गरिने ३० थान डिभाइस भन्सार कार्यालयले झण्डै डेढ महिना अघि बरामद गरेको थियो। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरिएको पुष्टि गरे।

उनले नेपाल लाइभसँग भने, ‘सुरुमा हामीले केही शंका लागेर ती डिभाइस बरामद गरेका थियौं। पछि सीआईबीले अनुसन्धान गर्दा क्रिप्टोकरेन्सी कारोबार गर्नका लागि ल्याइएको पुष्टि भयो।’

अनुसन्धानका लागि सीआईबीलाई जिम्मा
झण्डै डेढ महिना अघि पेनड्राइभ जस्ता ३० थान डिभाइस भन्सार जाँच पासका क्रममा भेटिएका थिए। ती डिभाइसको बाहिरि भागमा ‘डिजिटल वालेट’ भनेर लेखिएको थियो।

‘अहिलेसम्म यस्तो डिभाइस नदेखेपछि हामीलाई पनि शंका लागेर खोलेर हेर्‍यौं। त्यसपछि बल्ल क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने डिभाइस भन्ने बुझियो’, विमानस्थल भन्सारका एक अधिकृतले नेपाल लाइभसँग भने। 

सानो कार्टुनमा र्‍याप गरेर ल्याइएका ती डिभाइस खोलेर हेर्दा भित्र ब्रोसरमा क्रिप्टोकरेन्सी भन्ने लेखिएको थियो। उक्त ब्रोसरको अध्ययनबाटै ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने भन्ने बुझिएको थियो। त्यसपछि बरामद भएका ३० थान डिभाइसमध्ये स्याम्पलका लागि १ थान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अध्ययन अनुसन्धानका लागि भन्सार कार्यालयले पठाएको थियो। 

अनुसन्धानको क्रममा उक्त डिभाइस क्रिप्टोकरेन्सी कारोबार गर्नका लागि काठमाडौं भित्र्याइएको खुलेको सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) धिरजप्रताप सिंहले नेपाल लाइभलाई जानकारी दिए।

‘हामीले ती डिभाइसको बारेमा अध्ययन गर्‍यौं। ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारकै लागि प्रयोग हुने देखियो’, डीआईजी सिंहले भने, ‘ती डिभाइस कम्प्युटरमा जडान गरेपछि क्रिप्टोको कारोबार गर्न सकिन्छ भने त्यो डिभाइस जडान भएपछि क्रिप्टोको कारोबार भएको जानकारी समेत लुकाउन मिल्ने हुँदा रहेछ।’

Ncell 2
Ncell 2

त्यो डिभाइस कम्प्युटमा पेनड्राइभ जस्तै गरी घुसाएपछि कारोबार गर्न सकिने अनुसन्धानबाट खुलेको छ। 

नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएका थिए डिभाइस
उक्त डिभाइस अष्ट्रेलियामा बसेका नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएको खुलेको छ। स्रोतका अनुसार ती डिभाइस नेपालीमुलका अष्ट्रेलियन नागरिकले अनलाइनमार्फत हङकङमा खरिद गरेर नेपालमा पठाएका हुन्। 

स्रोतले भन्यो, ‘हामीले ती डिभाइस बरामद गरेपछि नेपालीमुलका अष्ट्रेलियन नागरिक सम्पर्कमै आएनन्। उनी पोखरेल थरका भन्नेसम्म हामीले पत्ता लगाएका छौं।’ सामान बरामद भएको सूचना पाएसँगै ती व्यक्ति सम्पर्कविहीन भएकाले उनीसँग सम्पर्क गरेर थप अनुसन्धान गर्न नसकिएको भन्सार कार्यालयले जानकारी दिएको छ। 

अनलाइनमार्फत हङकङमा क्रिप्टोकरेन्सी कारोबार डिभाइस खरिद गरेपछि कार्गोमार्फत डिभाइस नेपाल पठाइएको थियो। डिभाइस नेपाल पठाएपछि नेपालीमुलका अष्ट्रेलियन नागरिकले काठमाडौंमा रहेका उनका एक आफन्त महिलालाई फोटो पठाउँदै सामान लिन जान भनेका थिए।

त्यसपछि ती महिला उक्त डिभाइस लिन भनेर विमानस्थल भन्सार कार्यालय पुगेकी थिइन्। ‘सामान जाँचपास गर्ने बेलामा शंका लागेर हेर्दा क्रिप्टोकरेन्सी डिभाइस देखिएपछि हामीले उक्त सामान दिएनौं। पछि अनुसन्धानबाट समेत पुष्टि भएपछि सामान जफत भएको छ’, प्रमुख भन्सार प्रशासक भट्टराईले भने।  

सामान लिन आउने महिलालाई उक्त डिभाइसको बारेमा केही जानकारी नभएको र कारोबार समेत भएको नदेखिएकाले मुद्दा चलाउन नमिल्लने भन्ने सीआईबीको प्रतिवेदनसँगै मुद्दाको प्रक्रिया अघि नबढेको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए।

नष्ट गर्ने तयारी
नेपालमा क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी भएपछि उक्त कारोबारका लागि आएको डिभाइस पनि गैरकानुनी हुने भएकाले भन्सार कार्यालयले उक्त डिभाइ नष्टको तयारी गरेको छ। राष्ट्र बैंकदेखि प्रहरीको समन्वयमा उक्त डिभाइस नष्ट गर्ने तयारीमा लागेको भन्सार कार्यालयले जानकारी दिएको छ। 

अहिले जफत गरेर शीलबन्द गरिएको र अबको केही दिनमा सरोकारवाला सबैको रोहबरमा नष्ट गर्ने भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन शनिबार, माघ ३, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्