• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

किन बढ्दै छ अवैध 'क्रिप्टो करेन्सी'को कारोबार?

64x64
सुमित्रा कार्की बिहीबार, माघ १३, २०७८  १५:१४
1140x725

काठमाडौं– नेपालमा अवैध 'भर्चुअल मुद्रा' अर्थात् क्रिप्टो करेन्सीको कारोबार पछिल्लो समय बढ्दै गएको छ। यस्तो मुद्राको कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थाल्नुले भित्रभित्रै नेपालमा यसको जालो फैलिँदै गएको पुष्टि हुन्छ।

नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार नेपालमा अवैधानिक भएकोबारे सचेत गराउँदै आएको छ। राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई समेत यस्तो कारोबारमा संलग्न नहुन आग्रह गर्दै आएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल अहिलेसम्म नेपालमा यस्तो कारोबारलाई वैधानिक बनाउने कुनै गृहकार्य नभएको बताउँछन्। यस्तो कारोबारले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पुर्‍याउने भएका कारण वैधानिकता दिन नसकिने उनको भनाइ छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा व्यापक रुपमा मौलाएको क्रिप्टो करेन्सी एक भर्चुअल मुद्रा हो। ‘जुन क्रिप्टोग्राफी अनुसार चल्ने गर्दछ। संसारमा भएका धेरै क्रिप्टो करेन्सीहरू ब्लकचेन टेक्नोलोजीमा आधारित विकेन्द्रीकृत नेटवर्कहरू हुन्,’ इन्भेष्टोपेडिया नामक सञ्चारमाध्यममा जेक फ्रान्केनफिल्डले लेखेका छन्, ‘कम्प्युटरहरूको भिन्न नेटवर्कद्वारा लागू गरिएको वितरित खाता क्रिप्टो करेन्सी हो। यो कारोबार सामान्यतया कुनै पनि केन्द्रीय प्राधिकरणद्वारा जारी गरिएको हुँदैन। यसलाई सैद्धान्तिक रूपमा सरकारी हस्तक्षेप वा हेरफेरबाट प्रतिरक्षा प्रदान गर्न सकिन्छ।’

नेपालमा यो कारोबारलाई सैद्धान्तिक रुपमा सरकारले अनुमति दिएको छैन। नेपालमा मात्र नभएर यो कारोबार संस्थागत रुपमा कुनै पनि देशमा नहुने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन्। उनी भन्छन्, 'नेपालमा यस्तो कारोबार गर्नलाई कुनै पनि निकायबाट वैधानिकता दिएको छैन। विश्वको तथ्यांक हेर्ने हो भने पनि सीमित देशले मात्र यस्तो कारोबार गर्न अनुमति दिएका छन्।’

यस्तो कारोबारबाट अवैध रुपमा रकम बाहिरिएर स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने शर्मा बताउँछन्।

‘यदि यस्तो कारोबारबाट गएको पैसा भोलि कसैले पाएन भने उजुरी गर्न यसको संस्थापक वा सञ्चालक को छ भनेर कसरी थाहा पाउने?,’ उनी भन्छन्, ‘यस्तो कारोबारलाई वैधानिकता दिए देशको आर्थिक स्थितिमा ठूलो क्षति हुने देखिन्छ।’

नेपालभित्र कारोबार गर्न पाउने व्यवस्था अहिलेसम्म कानुनी रुपमा नभए पनि यस्तो कारोबार बढ्दै गएको यससम्बन्धी जानकार मुक्ति अर्याल बताउँछन्। उनी भन्छन्, 'नेपालमा कुनै पनि स्वदेशी तथा विदेशी नागरिक कसैले पनि यसको कारोबार गर्न पाउने व्यवस्था अहिलेसम्म छैन। तर, अन्तर्राष्ट्रिय कानुनअनुसार कोही नेपाली विदेशमा ६ महिनाभन्दा लामो समय बस्छन्, नेपालबाहिरको देशमा आम्दानी गर्छ भने उसले क्रिप्टो करेन्सीमा लगानी गर्न पाउँछ। त्यो कुरामा नेपालले हस्तक्षेप गर्न पाउँदैन।’

Ncell 2
Ncell 2

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको यस्तो कारोबारसम्बन्धी निर्देशन स्पष्ट नभएको उनले बताए। राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी तथा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आबद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।’

यो पनि पढ्नुहोस्

सात वर्ष कैद र चार करोड बिगो मागदाबी गरिएका क्रिप्टोकरेन्सी प्रतिवादीलाई ३८ लाखमै उन्मुक्ति !बिहीबार, माघ १३, २०७८

राष्ट्र बैंकको यो भनाइले विदेशमा बस्ने नेपालीले नेपालमा यस्तो कारोबार नगराउनु भन्न खोजेको हो वा विदेशमा बसेर पनि यस्तो कारोबार नगर्न भनेको हो भन्ने स्पष्ट नभएको अर्याल बताउँछन्। विदेशमा बस्ने नेपालीले नेपालमा बस्ने नेपालीलाई उक्साएर वा त्यसको प्रलोभन देखाएर त्यस्तो कारोबार गर्न लगाए भने त्यो अवैधानिक हुने उनको भनाइ छ।

अर्थतन्त्रमा संकट निम्त्याउने कारोबार
यस्तो कारोबारलाई वैधानिकता दिने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गर्नसक्ने जानकारहरु बताउँछन्।

'यस्तो कारोबारले नेपालको पुँजी पलायन हुन्छ। नेपालजस्तो देश, जो रेमिट्यान्सको भरमा चलेको छ, यस्तो कारोबारले रेमिट्यान्स पनि खस्किन पुग्छ,' अर्याल भन्छन्, ‘क्रिप्टोमा लगानी गर्दा धेरै प्रतिशत आउने भएका कारण मान्छेहरुले यसमा लगानी बढाउन थाल्छन्। नेपालमा पैसा आउन छाड्छ। यसले नेपालमा तरलताको समस्या सिर्जना गर्छ। यसले बैंकहरुको ब्याजदर बढाउँछ। यसले देशमा भएको डलरको जगेडा (सञ्चिति) पनि घट्ने हुन्छ।’

डलर सत्र्चिति घट्दा यसले पछि नेपालमा सामान आयात गर्नसमेत पैसा नहुने राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल बताउँछन्। उनी भन्छन्, ‘यस्तो अवस्थामा नेपालले नेपाली पैसा बेचेर आयात गर्नुपर्ने हुन्छ। यसले गर्दा पनि आर्थिक संकट निम्त्याउँछ।’

यस कारण मौलाउँदै छ अवैध कारोबार
लगानीकर्ताले यसमा लगानी गर्दा उच्च प्रतिफल पाउने भएका कारण यसको कारोबार नेपालमा पनि मौलाउँदै गएको क्रिप्टो करेन्सीका जानकार अर्याल बताउँछन्। उनी भन्छन्, ‘यसमा जानेर लगानी गर्ने लगानीकर्ताले ‘दिन दुई गुणा र रात चौ गुणा’ भन्ने उखानलाई यो कारोबारले कहिलेकाहीं सार्थकता प्रदान गर्छ भन्ने सुनिन्छ।'

उनका अनुसार यसमा बुझेर लगानी गरे राम्रो प्रतिफल पाउने भएका कारण मानिसहरु यसतर्फ आकर्षित भएका देखिन्छन्। विदेशमा बस्नेहरुले लगानी गर्ने अर्को ‘हाइपर फण्ड’ छ। यो फण्ड सीमित देशमा प्रचलित छ। यसमा कुनै लगानीकर्ताले दैनिक एक लाख डलर लगानी गर्दा त्यसले दैनिक ०.५२ प्रतिशतका दरले रिटर्न दिने भन्दै लोभ्याउने गरिएको छ। यस्तो कारोबार पिरामिड शैलीमा हुने अर्याल बताउँछन्। यो एउटा झुक्याउने खालको कारोबार रहेको उनको बुझाइ छ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्