• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

किन बढ्दै छ अवैध 'क्रिप्टो करेन्सी'को कारोबार?

64x64
सुमित्रा कार्की बिहीबार, माघ १३, २०७८  १५:१४
1140x725

काठमाडौं– नेपालमा अवैध 'भर्चुअल मुद्रा' अर्थात् क्रिप्टो करेन्सीको कारोबार पछिल्लो समय बढ्दै गएको छ। यस्तो मुद्राको कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थाल्नुले भित्रभित्रै नेपालमा यसको जालो फैलिँदै गएको पुष्टि हुन्छ।

नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार नेपालमा अवैधानिक भएकोबारे सचेत गराउँदै आएको छ। राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई समेत यस्तो कारोबारमा संलग्न नहुन आग्रह गर्दै आएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल अहिलेसम्म नेपालमा यस्तो कारोबारलाई वैधानिक बनाउने कुनै गृहकार्य नभएको बताउँछन्। यस्तो कारोबारले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पुर्‍याउने भएका कारण वैधानिकता दिन नसकिने उनको भनाइ छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा व्यापक रुपमा मौलाएको क्रिप्टो करेन्सी एक भर्चुअल मुद्रा हो। ‘जुन क्रिप्टोग्राफी अनुसार चल्ने गर्दछ। संसारमा भएका धेरै क्रिप्टो करेन्सीहरू ब्लकचेन टेक्नोलोजीमा आधारित विकेन्द्रीकृत नेटवर्कहरू हुन्,’ इन्भेष्टोपेडिया नामक सञ्चारमाध्यममा जेक फ्रान्केनफिल्डले लेखेका छन्, ‘कम्प्युटरहरूको भिन्न नेटवर्कद्वारा लागू गरिएको वितरित खाता क्रिप्टो करेन्सी हो। यो कारोबार सामान्यतया कुनै पनि केन्द्रीय प्राधिकरणद्वारा जारी गरिएको हुँदैन। यसलाई सैद्धान्तिक रूपमा सरकारी हस्तक्षेप वा हेरफेरबाट प्रतिरक्षा प्रदान गर्न सकिन्छ।’

नेपालमा यो कारोबारलाई सैद्धान्तिक रुपमा सरकारले अनुमति दिएको छैन। नेपालमा मात्र नभएर यो कारोबार संस्थागत रुपमा कुनै पनि देशमा नहुने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन्। उनी भन्छन्, 'नेपालमा यस्तो कारोबार गर्नलाई कुनै पनि निकायबाट वैधानिकता दिएको छैन। विश्वको तथ्यांक हेर्ने हो भने पनि सीमित देशले मात्र यस्तो कारोबार गर्न अनुमति दिएका छन्।’

यस्तो कारोबारबाट अवैध रुपमा रकम बाहिरिएर स्वदेशी पुँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकसमेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने शर्मा बताउँछन्।

‘यदि यस्तो कारोबारबाट गएको पैसा भोलि कसैले पाएन भने उजुरी गर्न यसको संस्थापक वा सञ्चालक को छ भनेर कसरी थाहा पाउने?,’ उनी भन्छन्, ‘यस्तो कारोबारलाई वैधानिकता दिए देशको आर्थिक स्थितिमा ठूलो क्षति हुने देखिन्छ।’

नेपालभित्र कारोबार गर्न पाउने व्यवस्था अहिलेसम्म कानुनी रुपमा नभए पनि यस्तो कारोबार बढ्दै गएको यससम्बन्धी जानकार मुक्ति अर्याल बताउँछन्। उनी भन्छन्, 'नेपालमा कुनै पनि स्वदेशी तथा विदेशी नागरिक कसैले पनि यसको कारोबार गर्न पाउने व्यवस्था अहिलेसम्म छैन। तर, अन्तर्राष्ट्रिय कानुनअनुसार कोही नेपाली विदेशमा ६ महिनाभन्दा लामो समय बस्छन्, नेपालबाहिरको देशमा आम्दानी गर्छ भने उसले क्रिप्टो करेन्सीमा लगानी गर्न पाउँछ। त्यो कुरामा नेपालले हस्तक्षेप गर्न पाउँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको यस्तो कारोबारसम्बन्धी निर्देशन स्पष्ट नभएको उनले बताए। राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी तथा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आबद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भइ नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।’

यो पनि पढ्नुहोस्

सात वर्ष कैद र चार करोड बिगो मागदाबी गरिएका क्रिप्टोकरेन्सी प्रतिवादीलाई ३८ लाखमै उन्मुक्ति !बिहीबार, माघ १३, २०७८

राष्ट्र बैंकको यो भनाइले विदेशमा बस्ने नेपालीले नेपालमा यस्तो कारोबार नगराउनु भन्न खोजेको हो वा विदेशमा बसेर पनि यस्तो कारोबार नगर्न भनेको हो भन्ने स्पष्ट नभएको अर्याल बताउँछन्। विदेशमा बस्ने नेपालीले नेपालमा बस्ने नेपालीलाई उक्साएर वा त्यसको प्रलोभन देखाएर त्यस्तो कारोबार गर्न लगाए भने त्यो अवैधानिक हुने उनको भनाइ छ।

अर्थतन्त्रमा संकट निम्त्याउने कारोबार
यस्तो कारोबारलाई वैधानिकता दिने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गर्नसक्ने जानकारहरु बताउँछन्।

'यस्तो कारोबारले नेपालको पुँजी पलायन हुन्छ। नेपालजस्तो देश, जो रेमिट्यान्सको भरमा चलेको छ, यस्तो कारोबारले रेमिट्यान्स पनि खस्किन पुग्छ,' अर्याल भन्छन्, ‘क्रिप्टोमा लगानी गर्दा धेरै प्रतिशत आउने भएका कारण मान्छेहरुले यसमा लगानी बढाउन थाल्छन्। नेपालमा पैसा आउन छाड्छ। यसले नेपालमा तरलताको समस्या सिर्जना गर्छ। यसले बैंकहरुको ब्याजदर बढाउँछ। यसले देशमा भएको डलरको जगेडा (सञ्चिति) पनि घट्ने हुन्छ।’

डलर सत्र्चिति घट्दा यसले पछि नेपालमा सामान आयात गर्नसमेत पैसा नहुने राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल बताउँछन्। उनी भन्छन्, ‘यस्तो अवस्थामा नेपालले नेपाली पैसा बेचेर आयात गर्नुपर्ने हुन्छ। यसले गर्दा पनि आर्थिक संकट निम्त्याउँछ।’

यस कारण मौलाउँदै छ अवैध कारोबार
लगानीकर्ताले यसमा लगानी गर्दा उच्च प्रतिफल पाउने भएका कारण यसको कारोबार नेपालमा पनि मौलाउँदै गएको क्रिप्टो करेन्सीका जानकार अर्याल बताउँछन्। उनी भन्छन्, ‘यसमा जानेर लगानी गर्ने लगानीकर्ताले ‘दिन दुई गुणा र रात चौ गुणा’ भन्ने उखानलाई यो कारोबारले कहिलेकाहीं सार्थकता प्रदान गर्छ भन्ने सुनिन्छ।'

उनका अनुसार यसमा बुझेर लगानी गरे राम्रो प्रतिफल पाउने भएका कारण मानिसहरु यसतर्फ आकर्षित भएका देखिन्छन्। विदेशमा बस्नेहरुले लगानी गर्ने अर्को ‘हाइपर फण्ड’ छ। यो फण्ड सीमित देशमा प्रचलित छ। यसमा कुनै लगानीकर्ताले दैनिक एक लाख डलर लगानी गर्दा त्यसले दैनिक ०.५२ प्रतिशतका दरले रिटर्न दिने भन्दै लोभ्याउने गरिएको छ। यस्तो कारोबार पिरामिड शैलीमा हुने अर्याल बताउँछन्। यो एउटा झुक्याउने खालको कारोबार रहेको उनको बुझाइ छ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो । शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्