• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा ३ एआइजी थप्न गृहको ‘ग्रीन सिग्नल’, अर्थले तेर्स्यायो सर्त

64x64
नारायण अधिकारी सोमबार, पुस २६, २०७८  १९:०२
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) गरेर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का तीन दर्बन्दी थप गर्नुपर्ने प्रस्ताव केही दिन अघि गृह मन्त्रालयमा पेस गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश समन्वय विभाग र मानव स्रोत तथा प्रशासन विभागलाई अलग बनाउनु पर्ने भन्दै जम्मा तीन एआईजीको दरबन्दी आवश्यक रहेको प्रहरी मुख्यालयले पेस गरेको 'ओएण्डएम'मा उल्लेख गरिएको छ। प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार गृह मन्त्रालयकै ‘ग्रीन सिग्नल’मा प्रहरी मुख्यालयले तीन एआईजीको दरबन्दी थप्ने ओएण्डएम तयार पारेर बुझाएको हो। 

करिब ८० हजार जनशक्ति रहेको प्रहरी संगठनमा ५ एआईजी अपुग हुने भन्दै तत्काल ३ जनाको दरबन्दी थप गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। 

दरबन्दी थप गर्न अर्थ मन्त्रालयको सहमति आवश्यक हुन्छ। अर्थको सहमति बिना एआईजीको दरबन्दी थप गर्ने प्रक्रिया अघि बढ्दैन। अर्थ मन्त्रालयका एक उच्च अधिकारीले प्रहरीमा विशिष्ट श्रेणीका अधिकृत (एआईजी)को ३ वटा दरबन्दी थप गर्ने विषयमा अहिले नै सहमति दिने अवस्था नरहेको बताए। 

'दरबन्दी थप्दा बजेटको सुनिश्चितता मुख्य चुनौती हो। हामी अहिले चालु (प्रशासनिक) खर्च कसरी कम गर्ने भन्नेमा छौं। दरबन्दी थप गर्दा चालु खर्च झन् बढ्ने हुन्छ। दरबन्दी थप गर्ने भनेको दीर्घकालीन स्रोत सुनिश्चिततासँग जोडिन्छ,' अर्थ मन्त्रालयका ती अधिकृत भन्छन्। 

गृह मन्त्रालयको उच्च स्रोत भने दरबन्दी थप गर्ने विषयमा अर्थ मन्त्रालयबाट अप्रत्यक्ष रुपमा एउटा सर्त आएको बताउँछ। अर्थमन्त्री जनार्दन शर्माको 'स्वार्थ' जोडिएको भनिएको उक्त सर्त पूरा हुने अवस्थामा अर्थ मन्त्रालयले दरबन्दी थप गर्न सहमति दिने सम्भावना छ। 

'अर्थ मन्त्रालय (अर्थमन्त्री शर्मा)बाट भनिएका १ प्रहरी नायव महानिरीक्षक (डीआईजी) एआईजीमा बढुवा हुने सुनिश्चित भए दरबन्दी थप्न अर्थ मन्त्रालयको सहमति प्राप्त हुन्छ भन्ने कुरा छ,' उच्च स्रोतले नेपाल लाइभसँग भन्यो। 

प्रहरीमा एआईजीको दरबन्दी थप गर्नेबारे गृह मन्त्रालयसँगै प्रधानमन्त्री कार्यालयसमेत सहमत भएको छ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएर मन्त्रिपरिषद्ले उक्त प्रस्तावलाई स्वीकृत गरेको अवस्थामा एआईजीको दरबन्दी थप हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल प्रहरीमा अहिले प्राविधिक बाहेक (जनपद समूह)का ५ एआईजी छन्। अहिले हरि पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा गरी पाँच एआईजी बहाल छन्। उनीहरुमध्ये पाल, शाही र कार्की आगामी वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। 

प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार ३ एआईजीको दरबन्दी थप भएको अवस्थामा करिब एक दर्जन डीआईजी एआईजीको प्रतिस्पर्धामा रहनेछन्। 

सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय (मेट्रो)का डीआईजी उत्तमराज सुवेदी, ईश्वरबाबु कार्की, घनश्याम अर्याल, रवीन्द्र धानुक, अरुण बिसी, बसन्त पन्त, बसन्त लामालगायत एक दर्जन बढी डीआईजीहरु एआईजीको प्रतिस्पर्धामा रहनेछन्। 

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका पालामा आफूनिकट डीआईजीहरुलाई बढुवा गर्न एआईजीको दरबन्दी थप गरेर १५ जनासम्म पुर्‍याइएको थियो। विशिष्ट श्रेणीको एआईजी पद आवश्यकताभन्दा धेरै हुँदा पदको वजन नै घटेको र एआईजीहरु कामबिहीन बनेको भन्दै पूर्वप्रहरी अधिकृतहरुले नै असन्तुष्टि पोख्दै आएका थिए। 

एआईजीको दरबन्दी बढी भएको र त्यसबाट राज्यलाई आर्थिक भारसमेत बढेको भनेर २०७५ जेठ २७ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी कटौती गरेको थियो। त्यसबेला १५ जनासम्म पुगेको एआईजीको दरबन्दी घटाएर ३ जना कायम गरिएको थियो। 

हचुवाको भरमा दरबन्दी कटौती गरेको ओली सरकारले नै फेरि गत वर्षको मंसिरमा ओएण्डएम नै नगरी संघीय राजधानी प्रहरी कार्यालय (महानगरीय प्रहरी कार्यालय)का लागि भन्दै एक एआईजीको दरबन्दी थपेको थियो। उक्त दरबन्दीमा विश्वराज पोखरेल बढुवा भए। गत असार १४ गते फेरि ओली सरकारले एक एआईजीको दरबन्दी थप गर्दै सहकुल थापालाई एआईजी बनाएको थियो।

ओली सरकार विस्थापित भएर बनेको देउवा सरकारले फेरि एआईजी दरबन्दी थप्ने तयारी गरेको हो। यसका लागि प्रहरी अधिकारी नै शक्तिकेन्द्र धाएर एआईजीको दरबन्दी थप्न तीब्र लबिइङ गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्