• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मदिराको नशामा पब्जी र फ्री–फायर: लिभिङ टुगेदर युवा-युवतीको चक्कु प्रहारबाट मुत्यु

हिजैबाट बेपत्ता भएकी थिइन् एक युवती
64x64
नारायण अधिकारी शुक्रबार, पुस २३, २०७८  १९:५६
1140x725

काठमाडौं- 'लिभिङ टुगेदर रिलेसनसिप'मा रहेका युवा-युवती बिहीबार राति काठमाडौंको फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरको कोठामा मृत भेटिए। मृत भेटिनेमा संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमी र खोटाङ घर भएकी अन्दाजी २२ वर्षीया युनिशा राई छन्।

उनीहरु दुवैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। बन्द कोठाभित्र दुवैजना मृत भेटिएकाले अहिलेसम्म उनीहरुको मृत्युमा तेस्रो व्यक्तिको संलग्नता नदेखिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङ बताउँछन्।

यद्यपि, उनीहरुको मृत्यु के कारण भयो भन्ने विषय अहिलेसम्म रहस्यको गर्भमै छ। बाह्य प्रमाण केही छैन। ‘बन्द कोठाभित्र रहेका दुवै जनाको मृत्यु भइसकेकाले यही कारणबाट विवाद भयो वा हानाहान भएर मृत्यु भयो भन्ने अवस्था छैन,’ एसएसपी खापुङ भन्छन्। यद्यपि, उनीहरुको मृत्युको कारणमध्ये मदिरा र 'पब्जी तथा फ्री–फायर (भर्चुअल गेम)' हुनसक्ने प्रहरी अधिकारी बताउँछन्।

पब्जीबाट जोडिएको सम्बन्ध २० दिनमै टुंगियो 
अनिश र युनिशा गेमबाटै साथी बनेका थिए। पब्जी खेल्ने क्रममै उनीहरुको चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनिश सानीआमाको घरमा आमासँगै बस्दै आएका थिए। एक तले घरको एउटा कोठामा उनी सुत्थे भने अर्को कोठामा अनिशकी आमा। उनका बाबु भने वैदेशिक रोजगारीमा मेलेसियामा थिए। कक्षा १२ सम्म अध्ययन गरेका उनी विदेश जाने योजनामा थिए।

अनिशकी आमाले प्रहरीलाई बताएअनुसार उनी मोबाइलमा विभिन्न गेमहरु खेल्थे। रातिराति हान् हान्, मार् मार् भन्दै कराउँथे। यसरी पब्जी, फ्री–फायर खेल्ने क्रममा त्यही माध्यममार्फत् उनी युनिशासँग साथी बनेका थिए। त्यसपछि उनले युनिशालाई आफू बस्दै आएको घरमा ल्याएका थिए। बिहे नगरेको छोराले 'गर्लफ्रेण्ड' भन्दै केटी ल्याएपछि आफूले पनि बुहरीको रुपमा स्वीकारेको र उनीहरु करिब २० दिन अघिदेखि सँगै बस्दै आएको अनिशकी आमाले बताएको एसएसपी खापुङ बताउँछन्।

मृत केटा-केटी दुवैको अवस्था बुझ्दा उनीहरु अलि 'ट्रयाक आउट' भएजस्तो देखिएको महाशाखाकै एक अनुसन्धान अधिकारी बताउँछन्। यसरी करिब २० दिन अघिमात्रै पब्जीमार्फत् साथी बनेर लिभिङ-टुगेदरसम्मको अवस्थामा पुगेका उनीहरु गएराति मृत अवस्थामा भेटिए।

चक्कु प्रहारबाट मुत्यु
आइतबार राति उनीहरु सुतेको कोठामा आवाज आएको, कराएको जस्तो सुनिएको थियो। अघिल्ला दिनहरुमा जस्तै पब्जी, फ्री–फायर गेम खेलेर कराएका होलान् भन्ने अशिनकी आमाले सोचेकी थिइन्। तर, निकै समयसम्म पनि ढाङढुङ गरेको आवाज आएको र घ्यार, घ्यार... गरेको आवाज सुनेपछि अनिशकी आमाले ढोका खोल्न खोज्दा ढोका खुलेन। त्यसपछि अर्को कोठामा बस्ने मान्छेलाई बोलाएर ढोका फोडेर हेर्दा नग्न र अर्धनग्न अवस्थामा रगतले लतपतिएको अवस्थामा दुवै जना ढलेको अवस्थामा देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

राति करिब १२ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरी, महाशाखाका एसएसपी खापुङसहितको टोली घटनास्थल पुगेको थियो। ‘युवती नग्न अवस्थामा खाटमै उत्तानो अवस्थामा रगतले लतपतिएको अवस्थामा मृत थिइन्। युवक कट्टुमात्रै लगाएको अवस्थामा ढोका नजिक ढलेको अवस्थामा थिए। उनको शरीर तातै थियो,’ परिसरका एक अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि हामीले युवकलाई हेल्पिङ ह्याण्ड अस्पताल पठायौं तर, डाक्टरले मृत घोषित गरे।'

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीका अनुसार युवतीको पेटलगायत शरीरका १८/२० ठाउँमा चक्कुका डाम थिए। युवकको पनि पेटमा चक्कुले रोपेजस्तो डाम थियो भने घाँटी पनि आधा रेटिएको थियो। कपडाहरु छरपस्ट थिए। रातो लेदरको चक्कुको खोल, चक्कु, पनि कोठामै भेटिएको थियो। गोल्डेन वकको बोतल, दुईवटा गिलास, चुरोटका ठुटा, कचौरीमा कुखुराको मासु समेत भेटिएको थियो।

अहिलेसम्मको प्रहरी अनुसन्धान अनुसार कुनै विषयमा विवाद हुँदा अनिशले पहिला युनिसाको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने ठम्याइ छ। युवतीको मृत्यु पहिला हुनुले पनि आक्रोशित हुँदा युवतीको हत्या गरेर अनिशले घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने अनुसन्धान अधिकारी बताउँछन्।

हत्यासम्मको अवस्था किन आयो, के कारण उनीहरुबीच विवाद भयो भन्ने विषय दुवै जनाको मृत्यु भएकाले रहस्यको गर्भमै छ। उनीहरुबीच कस्तो सम्बन्ध थियो लगायतको विषय पनि सार्वजनिक हुन सकेको छैन। प्रहरीका अनुसार उनीहरुसँगै अर्को एक युवती पनि केही दिन सँगै बस्दै आएकी थिइन्। ती युवतीले आफू मृतक युवतीको फूपु दिदी बताएकी थिइन्। तर, घटना हुने दिनबाटै ती युवती त्यो घरबाट हिँडेको पाइएको छ। उनीमाथि सोधपुछ गर्न प्रहरीले ती युवतीको बारेमा जानकारी लिइराखेको छ। 

एउटा कारण बन्नसक्छ- मदिरा र फ्री–फायर
'क्राइम सिन'मा मदिराको बोतल भेटिनुले उनीहरु मदिराको नशामा रहेको भन्ने देखिएको प्रहरीको बुझाइ छ। अर्कोतर्फ पब्जी, फ्री–फायरमार्फत् चिनजान भएर लिभिङ टुगेदरसम्मको अवस्थामा रहेको पनि देखिएको छ।

फ्री–फायरले मान्छेलाई क्रुर बनाउने र उनीहरुका अघिल्ला दिनका गतिविधिहरुले पनि उनीहरु फ्री–फायरको लतमा रहेको भन्ने बुझिएको एसएसपी गिरी बताउँछन्। 

‘उहाँका आमाका अनुसार उनीहरु दुवैजना फ्री–फायरको लतमा रैछन्। बेलुका भएपछि हान् हान्, मार् मार् भन्ने गरेको पनि आमाले सुन्नु भएको रहेछ,’ एसएसपी गिरीले नेपाल लाइभसँग भने, ‘एकातर्फ मदिराको नशामा हुनु र अर्कोतर्फ मान्छेलाई क्रुर बनाउने फ्री–फायरको लतमा हुनुले सामान्य विवाद हुँदा पनि आक्रोशमा आएर हत्या भएको जस्तो देखिन्छ।’ 

फ्री–फायरले मान्छेलाई क्रुर र आक्रोशित बनाउने हुँदा त्यो राति उनीहरुबीच केही कुरामा सामान्य विवाद हुँदा पनि त्यसले हत्यासम्मको अवस्थामा पुर्‍याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। गिरी भन्छन्, ‘वास्तवमा भन्नुपर्दा पब्जी, फ्री–फायर जस्ता गेम बन्द नै हुनुपर्छ। यसले मान्छेलाई क्रुर बनाउँछ र जस्तो पनि अपराध गर्न मान्छे पछि पर्दैनन्। जसकारण सामान्य विवादमा पनि मान्छेले ठूलो अपराध गर्नसक्ने अवस्था आउँछ।’

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो शुक्रबार, भदौ २६, २०८३
नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्