• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २५, २०८२ Sat, Oct 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्थानीय तहमा भद्रगोल : बजेट नल्याउने, मनपरी कर असुली र खर्च गर्ने

64x64
डुक्पा छिरिङ मोक्तान आइतबार, पुस २५, २०७८  ०९:०६
1140x725
तस्बिर : खोज पत्रकारिता केन्द्र

काठमाडौं– सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत आर्थिक वर्ष बजेट नै ल्याएन। उक्त गाउँपालिकाले गाउँसभासमेत गरेन। छिन्नमस्ताले यो वर्ष पनि बजेट ल्याएको छैन।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच सम्बन्ध राम्रो नहुँदा बजेट पेस हुन नसकेको हो। केही समयअघि भएको गहुँको बिउ वितरण कार्यक्रममा अध्यक्ष र उपाध्यक्षबीच मुक्का हानाहान नै भएको थियो। 

बजेट नल्याउने छिन्नमस्ता एक्लो पालिका होइन। चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिना बितिसक्दा पनि १९ स्थानीय तहले बजेट ल्याएका छैनन्। तर, स्थानीय तहहरूले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पालिका प्रमुख र उपप्रमुखको आन्तरिक विवादका कारण ती पालिकाले बजेट ल्याउन नसकेका हुन्। यसरी बजेट नल्याउने पालिका अधिकांश प्रदेश २ का छन्। त्यहाँका १८ स्थानीय तहले बजेट ल्याएका छैनन्। बाँकी एउटा भने रामेछापको लिखु तामाकोशी गाउँपालिका हो।

ती स्थानीय तहमा राजनीतिक असहमतिका कारण समयमा नै बजेट नआएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए। पालिका आफैँ एउटा सरकार भएकाले जिम्मेवारीपूर्वक समयमा नै बजेट ल्याउनुपर्ने उनको भनाइ छ।

‘मन्त्रालयले बजेट ल्याउन नसकेकोबारे कारण सोधे पनि कुनै पालिकाले पनि जवाफ दिएका छैनन्,’ उनले भने, ‘राजनीतिक असहमतिका कारण बजेट पेस नै हुन नसकेको बुझेका छौँ।’ बजेटमा समावेश हुने कार्यक्रमबारे गाउँपालिकाका कर्मचारी, मेयर, उपमेयर र वडाध्यक्षलगायतको मत बाझिँदा सभा बस्न नसकेर बजेट नआएको उनको भनाइ छ।

बजेट पेस नगर्नेमा जनकपुरधाम उपमहानगरपालिका पनि छ। तर, उपमेयर रिताकुमारी मिश्रले बजेट पारित भइसकेको दाबी गरिन्। यता, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकअनुसार भने जनकपुरधामले बजेट पेस गरेको छैन। ‘हामीले समयमा नै बजेट पेस गरेको हो, कसरी मन्त्रालयमा सूचना पुगेन थाहा भएन,’ उपमेयर मिश्रले भनिन्। 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाहरूले असार १० गते नगर/गाउँ सभामा बजेट पेस गर्नुपर्छ। त्यसको १५ दिनभित्र पारित गरिसक्नुपर्छ। बजेट पास गरेका नगर/गाउँपालिकाले त्यसको जानकारी संघीय मामिला मन्त्रालयमा गराउनुपर्छ। चार महिनासम्म बजेट पारित नगरी खर्च गर्दा समेत संघले ती स्थानीय तहलाई कारबाही गर्न सकेको छैन।

Ncell 2
Ncell 2

ऐनअनुसार बजेट पारित नगरी खर्च गर्न पाइँदैन। तर, बजेट नै पेस नगरी कतिपय पालिकाले मनपरी खर्च गरिरहेका छन्। चालु आर्थिक वर्षका लागि ७५३  स्थानीय तहमध्ये ५७८ वटाले मात्र तोकिएको समय असार १० मा बजेट पेस गरेका थिए।

कुन प्रदेशमा कति स्थानीय तहले ल्याए बजेट?

प्रदेश जम्मा स्थानीय तह बजेट पेस भएको बजेट पेस नभएको  बजेट पेस भएको प्रतिशत बजेट पेस नभएको प्रतिशत
प्रदेश १ १३७ १३७ ० १०० ०
प्रदेश २ १३६ ११८ १८ ८६.८ १३.२
बागमती ११९ ११८ १ ९९.२ ०.८
गण्डकी ८५ ८५ ० १०० ०
लुम्बिनी १०९ १०९ ० १०० ०
कर्णाली ७९ ७९ ० १०० ०
सुदूरपश्चिम ८८ ८८ ० १०० ०
जम्मा: ७५३ ६३२ २१ ९७.२१ २.५२

स्रोत: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय


प्रदेश २ का स्थानीय तहमा हरेक वर्ष ढिलाइ 
प्रदेश २ मा १३६ स्थानीय तह रहेकोमा ११५ स्थानीय तहले मात्रै बजेट ल्याएका छन्। स्थानीय तहको निर्वाचन भएदेखि हरेक वर्ष यहाँका कतिपय स्थानीय तहले ढिला गरी मात्र बजेट ल्याइरहेको मन्त्रालयको भनाइ छ। कतिपयले त आर्थिक वर्षभरि नै बजेट नल्याएको उदाहरण पनि छ।

संघीय मामिला मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा १६ स्थानीय तहले बजेट नै ल्याउन सकेनन्। गत आर्थिक वर्षमा सप्तरीको छिन्नमस्ता, बैडतीको सुर्नया र पर्साको जगरनाथपुर गाउँपालिका तथा रौटहटको राजादेवी र बोधिमाई नगरपालिकाले बजेट ल्याएनन्।  

छिन्नमस्ता गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट पनि पेस गर्न सकेको छैन। गत आर्थिक वर्षमा कोरोनाका कारण गाउँसभा गर्न नपाइएकाले बजेट पारित गर्न नसकेको गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले बताए। अब चाँडै बजेट ल्याउने तयारी भइरहेको उनले बताए।

चालु आर्थिक वर्ष नौ नगरपालिका, एक उपमहानगरपालिका र ११ गाउँपालिकाले बजेट पेस गर्न सकेका छैनन्। बजेट पेस नगर्नेमा छिन्नामस्तासहित सिरहाको कल्याणपुर नगरपालिका, नरहा र औरही गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, रौतहटको गरुडा, वृन्दावन, देवाहीगोनाही, फतुवा विजयपुर र बोधीमाई नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका र विश्रामपुर गाउँपालिका, पर्साको पोखरीया नगरपालिका र धोबिनी गाउँपालिका तथा रामेछापको लिखु तामाकोशी गाउँपालिका छन्। 

छैन कानुनी कारबाहीको व्यवस्था 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका लागि बजेट पेस गर्नुपर्ने र पारित गर्नुपर्ने दिन नै किटान गरेको छ। तर, सो ऐनबमोजिम बजेट नल्याए कारबाहीको व्यवस्था भने छैन। जसकारण भद्रगोलको अवस्था बढ्दो छ।

समयमा नै बजेट नल्याउने स्थानीय तहलाई कारबाही गर्ने कानुन नभएको मन्त्रालयका प्रवक्ता अधिकारी बताउँछन्। बजेट नै नल्याउने सरकारलाई जनस्तरबाट नै दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘कानुनै नबनाई स्थानीय तहले जनतासँग कर लिने गरेको छ। त्यो गैरकानुनी हुन्छ। जनताले पनि आवाज उठाउने र दबाब दिने गर्नुपर्छ।’

संघीय मामिला मन्त्रालयका अनुसार समयमा नै बजेट ल्याए मात्र सोबमोजिम कर उठाउने र खर्च गर्ने अधिकार हुन्छ। बजेट पास नगरी कुनै पनि स्थानीय तहले केही कार्यक्रम सञ्चालन गर्न पनि पाउँदैनन्। स्थानीय तहले आर्थिक ऐन र विनियोजन ऐन ल्याउनैपर्छ। ऐनलाई गाउँ वा नगरसभाबाट पास गर्नुपर्छ। बजेट नआए पनि स्थानीय सरकारले कर्मचारीलाई तलब भत्ताका लागि पेस्की बजेट खर्च गर्न सक्छन्। 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
नेताको घरमा पैसा भेटिएको विषय जोड्दै अर्थ मन्त्रालयले सम्झायो नगद कारोबारको कानुनी व्यवस्था सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले... आइतबार, असोज १२, २०८२
आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ। शुक्रबार, असोज १०, २०८२
सरकारी ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.९२ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्