• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

स्थानीय तहमा भद्रगोल : बजेट नल्याउने, मनपरी कर असुली र खर्च गर्ने

64x64
डुक्पा छिरिङ मोक्तान आइतबार, पुस २५, २०७८  ०९:०६
1140x725
तस्बिर : खोज पत्रकारिता केन्द्र

काठमाडौं– सप्तरीको छिन्नमस्ता गाउँपालिकाले गत आर्थिक वर्ष बजेट नै ल्याएन। उक्त गाउँपालिकाले गाउँसभासमेत गरेन। छिन्नमस्ताले यो वर्ष पनि बजेट ल्याएको छैन।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच सम्बन्ध राम्रो नहुँदा बजेट पेस हुन नसकेको हो। केही समयअघि भएको गहुँको बिउ वितरण कार्यक्रममा अध्यक्ष र उपाध्यक्षबीच मुक्का हानाहान नै भएको थियो। 

बजेट नल्याउने छिन्नमस्ता एक्लो पालिका होइन। चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिना बितिसक्दा पनि १९ स्थानीय तहले बजेट ल्याएका छैनन्। तर, स्थानीय तहहरूले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पालिका प्रमुख र उपप्रमुखको आन्तरिक विवादका कारण ती पालिकाले बजेट ल्याउन नसकेका हुन्। यसरी बजेट नल्याउने पालिका अधिकांश प्रदेश २ का छन्। त्यहाँका १८ स्थानीय तहले बजेट ल्याएका छैनन्। बाँकी एउटा भने रामेछापको लिखु तामाकोशी गाउँपालिका हो।

ती स्थानीय तहमा राजनीतिक असहमतिका कारण समयमा नै बजेट नआएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए। पालिका आफैँ एउटा सरकार भएकाले जिम्मेवारीपूर्वक समयमा नै बजेट ल्याउनुपर्ने उनको भनाइ छ।

‘मन्त्रालयले बजेट ल्याउन नसकेकोबारे कारण सोधे पनि कुनै पालिकाले पनि जवाफ दिएका छैनन्,’ उनले भने, ‘राजनीतिक असहमतिका कारण बजेट पेस नै हुन नसकेको बुझेका छौँ।’ बजेटमा समावेश हुने कार्यक्रमबारे गाउँपालिकाका कर्मचारी, मेयर, उपमेयर र वडाध्यक्षलगायतको मत बाझिँदा सभा बस्न नसकेर बजेट नआएको उनको भनाइ छ।

बजेट पेस नगर्नेमा जनकपुरधाम उपमहानगरपालिका पनि छ। तर, उपमेयर रिताकुमारी मिश्रले बजेट पारित भइसकेको दाबी गरिन्। यता, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकअनुसार भने जनकपुरधामले बजेट पेस गरेको छैन। ‘हामीले समयमा नै बजेट पेस गरेको हो, कसरी मन्त्रालयमा सूचना पुगेन थाहा भएन,’ उपमेयर मिश्रले भनिन्। 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाहरूले असार १० गते नगर/गाउँ सभामा बजेट पेस गर्नुपर्छ। त्यसको १५ दिनभित्र पारित गरिसक्नुपर्छ। बजेट पास गरेका नगर/गाउँपालिकाले त्यसको जानकारी संघीय मामिला मन्त्रालयमा गराउनुपर्छ। चार महिनासम्म बजेट पारित नगरी खर्च गर्दा समेत संघले ती स्थानीय तहलाई कारबाही गर्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

ऐनअनुसार बजेट पारित नगरी खर्च गर्न पाइँदैन। तर, बजेट नै पेस नगरी कतिपय पालिकाले मनपरी खर्च गरिरहेका छन्। चालु आर्थिक वर्षका लागि ७५३  स्थानीय तहमध्ये ५७८ वटाले मात्र तोकिएको समय असार १० मा बजेट पेस गरेका थिए।

कुन प्रदेशमा कति स्थानीय तहले ल्याए बजेट?

प्रदेश जम्मा स्थानीय तह बजेट पेस भएको बजेट पेस नभएको  बजेट पेस भएको प्रतिशत बजेट पेस नभएको प्रतिशत
प्रदेश १ १३७ १३७ ० १०० ०
प्रदेश २ १३६ ११८ १८ ८६.८ १३.२
बागमती ११९ ११८ १ ९९.२ ०.८
गण्डकी ८५ ८५ ० १०० ०
लुम्बिनी १०९ १०९ ० १०० ०
कर्णाली ७९ ७९ ० १०० ०
सुदूरपश्चिम ८८ ८८ ० १०० ०
जम्मा: ७५३ ६३२ २१ ९७.२१ २.५२

स्रोत: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय


प्रदेश २ का स्थानीय तहमा हरेक वर्ष ढिलाइ 
प्रदेश २ मा १३६ स्थानीय तह रहेकोमा ११५ स्थानीय तहले मात्रै बजेट ल्याएका छन्। स्थानीय तहको निर्वाचन भएदेखि हरेक वर्ष यहाँका कतिपय स्थानीय तहले ढिला गरी मात्र बजेट ल्याइरहेको मन्त्रालयको भनाइ छ। कतिपयले त आर्थिक वर्षभरि नै बजेट नल्याएको उदाहरण पनि छ।

Xtrem

Xtrem

संघीय मामिला मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा १६ स्थानीय तहले बजेट नै ल्याउन सकेनन्। गत आर्थिक वर्षमा सप्तरीको छिन्नमस्ता, बैडतीको सुर्नया र पर्साको जगरनाथपुर गाउँपालिका तथा रौटहटको राजादेवी र बोधिमाई नगरपालिकाले बजेट ल्याएनन्।  

छिन्नमस्ता गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट पनि पेस गर्न सकेको छैन। गत आर्थिक वर्षमा कोरोनाका कारण गाउँसभा गर्न नपाइएकाले बजेट पारित गर्न नसकेको गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले बताए। अब चाँडै बजेट ल्याउने तयारी भइरहेको उनले बताए।

चालु आर्थिक वर्ष नौ नगरपालिका, एक उपमहानगरपालिका र ११ गाउँपालिकाले बजेट पेस गर्न सकेका छैनन्। बजेट पेस नगर्नेमा छिन्नामस्तासहित सिरहाको कल्याणपुर नगरपालिका, नरहा र औरही गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका, सर्लाहीको कौडेना गाउँपालिका, रौतहटको गरुडा, वृन्दावन, देवाहीगोनाही, फतुवा विजयपुर र बोधीमाई नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका र विश्रामपुर गाउँपालिका, पर्साको पोखरीया नगरपालिका र धोबिनी गाउँपालिका तथा रामेछापको लिखु तामाकोशी गाउँपालिका छन्। 

छैन कानुनी कारबाहीको व्यवस्था 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहका लागि बजेट पेस गर्नुपर्ने र पारित गर्नुपर्ने दिन नै किटान गरेको छ। तर, सो ऐनबमोजिम बजेट नल्याए कारबाहीको व्यवस्था भने छैन। जसकारण भद्रगोलको अवस्था बढ्दो छ।

समयमा नै बजेट नल्याउने स्थानीय तहलाई कारबाही गर्ने कानुन नभएको मन्त्रालयका प्रवक्ता अधिकारी बताउँछन्। बजेट नै नल्याउने सरकारलाई जनस्तरबाट नै दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘कानुनै नबनाई स्थानीय तहले जनतासँग कर लिने गरेको छ। त्यो गैरकानुनी हुन्छ। जनताले पनि आवाज उठाउने र दबाब दिने गर्नुपर्छ।’

संघीय मामिला मन्त्रालयका अनुसार समयमा नै बजेट ल्याए मात्र सोबमोजिम कर उठाउने र खर्च गर्ने अधिकार हुन्छ। बजेट पास नगरी कुनै पनि स्थानीय तहले केही कार्यक्रम सञ्चालन गर्न पनि पाउँदैनन्। स्थानीय तहले आर्थिक ऐन र विनियोजन ऐन ल्याउनैपर्छ। ऐनलाई गाउँ वा नगरसभाबाट पास गर्नुपर्छ। बजेट नआए पनि स्थानीय सरकारले कर्मचारीलाई तलब भत्ताका लागि पेस्की बजेट खर्च गर्न सक्छन्। 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्