काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना सुरु भएको छ। पार्टी कार्यालय सानेपामा शनिबार बिहान १० बजेबाट थाल्ने भनिएको मतगणना केही ढिला गरि सुरु भएको हो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतगणना सुरु भएको जानकारी दिए।
केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
गत सोमबार सम्मपन्न निर्वाचनमा कूल ४६७२ मत खसेको छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।