• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

शान्ति मिसन : पुरुषले डेढ दशकमा पाउने अवसर महिला सैनिकलाई तीन वर्षमै!

महिला सैनिक कम हुँदा माग पूरा गर्न जंगी अड्डालाई चुनौती
64x64
नारायण अधिकारी आइतबार, पुस ४, २०७८  ०९:४०
1140x725

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को आह्वानमा शान्ति स्थापनार्थ जाने मिसनलाई सुरक्षा निकायमा आकर्षक अवसरका रूपमा लिइन्छ। मिसनमा जाँदा राम्रो कमाई हुने हुँदा पहुँच भएकाहरूले पटक–पटक अवसर पाउने गरेको विषय यसअघि बारम्बार उठ्ने गरेको थियो।

संसदमा समेत आवाज उठेपछि तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले मिसनमा जाने सैनिक छनौटलाई व्यवस्थित र पारदर्शी बनाउन ‘शान्ति सेना छनौट कार्यविधि–२०७५’ लागू गरेका थिए। कार्यविधिमा मिसनका लागि पहिलो पटक जान ११ वर्ष र दोस्रो पटक जान २० वर्ष सेवा अवधि पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ।

यो मापदण्डअनुसार पुरुष सैनिक अधिकारी सेवा प्रवेशको कम्तीमा ११ वर्षपछि मात्रै मिसनका लागि योग्य हुन्छ। तर, वरिष्ठताका आधारमा समावेश गरिने हुँदा जोकसैले आफ्नो पालो पूर्वानुमान गर्न सक्ने अवस्थाछ। तर, महिला सैनिकको हकमा यो कार्यविधि लागू छैन। पुरुष सैनिकले मिसनमा जान १५/१६ वर्ष पर्खनुपर्ने भए पनि महिला सैनिक सेवा प्रवेशको तीन वर्षमा नै जान पाउने गरेको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।

यसकारण महिलालाई अवसर
युएनको युनिफर्म जेन्डर प्यारिटी स्ट्राटेजीअनुसार सन् २०२१ मा शान्ति स्थापनार्थ तैनाथ मिसनहरूमा कन्टिन्जेन्टको रूपमा आठ प्रतिशत र युएनएमओ/एसओ (पर्यवेक्षक/स्टाफ अधिकृत) का रूपमा १८ प्रतिशत महिला सहभागिता पुर्‍याउनै पर्ने हुन्छ।

हाल विभिन्न देशमा ५ हजार २३५ नेपाली सैनिक शान्ति मिसनमा कार्यरत छन्। जसमध्ये फोर्स कमाण्डर एक जना, कन्टिनजेन्टको रुपमा ५ हजार ६८, युएनएमओ/एसओ १६१ र युएन हेडक्वाटरमा पाँच जना कार्यरत छन्।

कन्टिनजेन्टमा खटिएकामध्ये १९४ जना मात्रै महिला छन्। यो संख्या कुल ५ हजार ६८ को ४.२४ प्रतिशत मात्र हो। नेपाली सेनामा महिलाको संख्या नै कम भएकाले जंगी अड्डाले युनिफर्म जेन्डर प्यारिटी स्ट्रटेजीअनुसार आठ प्रतिशत सहभागी गराउन नसकेको हो।

युएनएमओ/एसओमा १६१ जना नेपाली सैनिक कार्यरत रहेकोमा १३.२० प्रतिशत अर्थात् २१ जना महिला छन्। तर, युनिफर्म जेन्डर प्यारिटी स्ट्रटेजीअनुसार युएनएमओ/एसओमा १८ प्रतिशत महिला हुनुपर्छ।

महिला सैनिकको संख्या नै कम हुँदा सेनाले मागको झण्डै आधालाई मात्र शान्ति मिसनमा पठाउँदै आएको छ। संख्या कम हुँदा पुरुषको तुलनामा महिला सैनिकले अवसर पनि छिटो पाउने गरेको सेनाका एक अधिकारीले बताए। जंगी अड्डा स्रोतका अनुसार माली मिसनमा जाने कतिपय महिला सैनिकले सेवा प्रवेश गरेको ३ वर्ष मात्र भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

सहभागिता बढाउन जंगी अड्डालाई चुनौती
नेपालबाट २०५८ सालमा पहिलो पटक दुई महिला सैनिक शान्ति मिसनमा गएका थिए। त्यसयता शान्ति मिसनमा महिला सैनिकको माग बढ्दो छ। युनिफर्म जेन्डर प्यारिटी स्ट्रटेजी अनुसार सन् २०२८ सम्ममा कन्टिनजेन्टमा १५ र युएनएमओ/एसओमा २५ प्रतिशतसम्म महिला सहभागिता पुर्‍याउनुपर्छ। तर, महिला सैनिक नै कम हुँदा युएनको लक्ष्य भेट्न नेपाली सेनालाई चुनौती छ।

शान्ति मिसनमा नेपाली सेनाले समुदाय केन्द्रित रहेर स्वास्थ्य शिविरलगायत कार्यक्रम पनि चलाउँछ। यस्ता शिविरमा महिला सैनिक प्रभावकारी हुने भन्दै मिसनमा उनीहरूको माग बढ्दै गएको छ। अझ महिलाहरू पुरुषसँग बोल्न हिचकिचाउने परम्परा रहेका देशमा त महिला शान्ति सैनिकको भूमिका महत्वपूर्ण हुने हुँदा माग बढ्ने गरेको छ। तर, जानेको संख्या युएनको मापदण्डअनुसार पुगेको छैन।
नेपाली सेनामा करिब ९५ हजार सैनिक कार्यरत छन्। तीमध्ये करिब ८ प्रतिशत मात्र महिला सैनिक छन्। तीमध्ये अधिकृतस्तरमा साधारण सेवातर्फ २२० र प्राविधिकतर्फ १६८ महिला सैनिक कार्यरत छन्। अन्य दर्जामा साधारणतर्फ ५ हजार ३६८ र प्राविधिकतर्फ ५०४ गरी सात हजार १६२ महिला सैनिक कार्यरत छन्।

महिला सैनिक प्राविधिकतर्फ सहायक रथी र साधारणतर्फ सेनानी तहसम्म पुगेका छन्। नेपाली सेनामा महिलालाई सन् १९६१ देखि प्राविधिकतर्फ र सन् २००४ देखि साधारणतर्फ भर्ना लिन थालिएको हो।

युएन मिसनमा अहिलेसम्म १ लाख ३६ हजार नेपाली सैनिक
सन् १९५८ मा लेवनानमा पाँच जना सैनिक पर्यवेक्षक पठाएर नेपाली सेनाले शान्ति मिसन कार्यमा सहभागिता जनाउन थालेको थियो। त्यसपछि सन् १९७४ मा इजिप्टमा ‘युनाइडेट नेसन इमरजेन्सी फोर्स’को रूपमा पुरानो गोरख गण खटिएको थियो। उक्त फोर्स कन्टिजेन्टको रूपमा त्यहाँ बसेको थियो।

सन् १९५८ देखि हालसम्म १ लाख ३६ हजार ९६३ नेपाली सैनिक विभिन्न मिसनमा सहभागी भएर स्वदेश फिर्ता भइसकेका छन्। जसमध्ये महिलाको संख्या १ हजार ७०८ छ।

विश्वका विभिन्न मुलुकबाट शान्ति सैनिक पठाउनेमा नेपाल हाल दोस्रो स्थानमा छ। नेपालभन्दा अघि बंगलादेश मात्रै छ। सन् २०११ मा नवौं स्थानमा रहेको नेपाल २०१२ मा सातौं, २०१४ मा छैटौं, २०१८ मा पाँचौं, २०१९ मा चौथो र सन् २०२१ मे ३१ बाट दोस्रो स्थानमा उक्लिएको हो।

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्