काठमाडौं- नेपाली कांग्रेसको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन्।
शुक्रबार कांग्रेस पार्टी कार्यालयमा भएको मतगणना अनुसार सभापति शेरबहादुर देउवा प्यानलका मन्सुर मुस्लिम क्लस्टर अन्तर्गत विजयी भएका हुन्।
कुल ४६८६ मत मध्ये मन्सुरले २७७६ मत पाएका थिए। शेखर कोइराला प्यानलका शेख वकीलले१८७१ मत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।