काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहान्त्रीको मतगणना चलिरहेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
शुक्रबार पाँच क्लस्टरको मतगणना चलिरहेको छ। पाँचमध्ये चार क्लस्टरमा सभापति शेरबहादुर देउवा पक्षले अग्रता लिएको छ। शेखर कोइराला पक्षले पिछडिएको क्षेत्रतर्फ मात्रै अग्रता लिएको छ।
तीन क्लस्टरको भने बिहीबार नै मतगणना भइसकेको छ। दलितर्फ जीवन परियार, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र महिलातर्फ महालक्ष्मी उपाध्याय निर्वाचित भइसकेका छन्
यस्तो छ पछिल्लो मतपरिणाम :
मुस्लिमतर्फ (जम्मा गणना १२९५)
१) फरमुल्लाह मन्सुर-७२९
२) शेख वकिल- ५२९
मधेशीतर्फ (जम्मा गणना १६५०)
१) महेन्द्र यादव- ८३५
२) रञ्जित कर्ण- २१८
३) रामकृष्ण यादव- ५९१
पिछडिएको क्षेत्रतर्फ (जम्मा गणना १६११)
१) बद्री पाण्डे- ७९४
२) जीवनबहादुर शाही- ७२९
३) चेतराज बजाल-३५
थारुतर्फ (जम्मा गणना १७७७)
१) उमाकान्त चौधरी- ९८३
२) तेजुलाल चौधरी- ७६९
खस आर्यतर्फ जम्मा गणना १९९५)
१) देवराज चालिसे- ८४९
२) किशोर सिंह राठौर- ११०३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।