काठमाडौं- नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना जारी रहेको छ।
क्लस्टर अनुसार पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता बनाएका छन्।
१ पदका लागि सोमबार भएको मतदानमा उमाकान्तले १ हजार मत गणना हुँदा ५४२ मत पाएका हुन्। अर्का उम्मेदवार तेजुलाल चौधरीले ४४२ मत पाएका छन्।
खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त सिटौला पक्षका हुन्, उनी देउवा प्यानलबाट उम्मेदवार बनेका थिए। तेजुलाल शेखर कोइराला प्यानलका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।