काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ।
अहिले पिछडिएको क्षेत्रको मतगणना जारी छ। पिछडिएको क्षेत्रको प्रारम्भिक मत परिणाममा बद्री पाण्डेले अग्रथता लिएका छन्। हाल ११३ मत गनिसक्दा पाण्डेले ६४ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी जीवनबहादुर शाहीले ४७ मत पाएका छन्। पाण्डे शेखर कोइराला प्यानलका हुन् भने शाही शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन्।
कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहीबार मत परिणाम आइसकेको छ। महिलातर्फ सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), दलिततर्फ सहमहामन्त्री जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।