काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीको जारी मतगणनामा दलिततर्फका २ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
शेरबहादुर देउवा र शेखर कोइराला समूहका २ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको हो।
४ हजार १ सय मत गणना हुँदा शेखर समूहका जीवन परियारले १९१९ मत ल्याएका छन्। यस्तै देउवा समूहका मान बहादुर विश्वकर्माले १८९२ मत ल्याएका छन्।
दलित तर्फ सहमहामन्त्रीका अर्का उम्मेदवार गंगा सुनारले २०४ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।