काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा भीष्म आङ्देम्बेले ५३२ मतको अग्रता लिएका छन्। उनलाई विकास लामाले पछ्याइरहेका छन्।
३ हजार ०३७ मत गणना गर्दा आङ्देम्बेले १७ सय ८० मत पाएका छन्। यस्तै, लामाले १२ सय ४८ मत पाएका छन्।
जनजाति क्लस्टरको सहमहामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट आङ्देम्बे र तथा शेखर कोइराला प्यानलबाट लामा प्रतिस्पर्धामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।