काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलित क्लस्टरको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा मानबहादुर विश्वकर्माले अग्रता लिएका छन्। उनलाई जीवन परियारले पछ्याइरहेका छन्।
१७ सय ८० मत गणना गर्दा विश्वकर्माले ८ सय ३९ मत पाएका छन्। यस्तै, परियारले ८ सय ३१ मत पाएका छन्। विश्वकर्मा ८ मतले अगाडि रहेका छन्।
दलित क्लस्टरको सहमहामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट विश्वकर्मा र तथा शेखर कोइराला प्यानलबाट परियार प्रतिस्पर्धामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।