काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भरखरै सम्पन्न मतगणनामा थापा र शर्मा विजयी भएका हुन्।
निर्वाचन समितिले परिणाम घोषणा गरेको छ। जस अनुसार थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ मत पाएका छन्। त्यस्तै शर्माले १९८४ मत पाए।
महामन्त्रीका अन्य उम्मेदवारहरु प्रकाश शरण महतले १५५६, प्रदिप पौडेलले १३९३, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।