काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि बीपी संग्रालय सुन्दरीजल जाने भएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै शर्माले सुन्दरीजल पुगेर बीपीको सालिकमा माल्यार्पण गर्ने बताए।
त्यहीँ पुगेर आफ्ना कुरा मिडियामार्फत बताउने उनले जानकारी दिए। यसअघि उनले सुन्दरीजल नै पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए।
महामन्त्रीमा निर्वाचित भएपछि पुनः सुन्दरीजल जाने बताएका हुन्।
२८९ मत गन्न बाँकी छँदै महामन्त्रीमा गगन थापा र शर्मा विजयी भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।