काठमाडौं– नेपाली कांग्रेसको उपसभापति निर्वाचित भएपछि धनराज गुरुङ नेता रामचन्द्र पौडेललाई भेट्न पौडेलनिवास बोहराटार पुगेका छन्।
बुधबार राति आएको अन्तिम मत परिणाममा गुरुङ कांग्रेस उपसभापति निर्वाचित भएका छन्। उनी बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवास पुगेका हुन्।
उपसभापतिमा पूर्णबहादुर खड्का र गुरुङले जितेका थिए। गुरुङले विजय गच्छदारलाई जम्मा दुई मतले पराजित गरेका थिए। खड्का संस्थापनतिरबाट उपसभापतिमा निर्वाचित भएका हुन् भने गुरुङ संस्थापनइतरबाट निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।