काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा अन्तर्गत महामन्त्रीका लागि भएको मतदानको गणना जारी छ। पार्टी कार्यालय सानेमामा भइरहेको गणनामा गगन थापाले अग्रता लिएका छन्।
पछिल्लो अपडेट अनुसार, ५०० मत गन्दा थापाले दुई तिहाइ मत प्राप्त गरेको देखिन्छ। ५०० मत गन्दा थापाले ३२५ मत पाएका हुन्। यो ६५ प्रतिशत मत हो। उनले सुरुवातदेखि नै दुई तिहाइको हाराहारीमा मत पाइरहेका थिए। उनले १०० मत गन्दा ७०, २०० गन्दा १२४, ३०० मत गन्दा २००, ४०० मत गन्दा २६० मत पाएका थिए।
थापा सभापतिका उम्मेदवार शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका हुन्। सोही प्यानलबाट धनराज गुरुङ उपसभापति भइसकेका छन्।
५०० मत गणना गर्दाको नतिजा यस्तो छः
गगन थापा- ३२५
प्रकाशशरण महत- १६३
प्रदीप पौडेल- १७८
मीनेन्द्र रिजाल- ८६
विश्वप्रकाश शर्मा- १८५
राजाराम कार्की- १२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।