काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन्। पछिल्लो परिणाममा गच्छदारले गुरुङलाई ६ मतले पछाडि पारेका छन्।
३५५८ मत गन्दा गुरुङले १४३७ र खड्काले १६३४ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।
यस्तै, गच्छदारले १४४३, चन्द्र भण्डारीले १२५७ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।
सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत पाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।