काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्। गुरुङले लिड गरिरहेका छन् भने खड्काले पछ्याइरहेका छन्।
१२०० मत गन्दा गुरुङले ५४३ र खड्काले ५०१ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।
यस्तै, विजयकुमार गच्छदारले ४५३ र चन्द्र भण्डारीले ४७२ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।
यता, सुजता कोइरालाले १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ मत ल्याएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।