काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्। तर, पछिल्लो परिणाममा गुरुङलाई खड्काले उछिनेका छन्।
९०० मत गन्दा गुरुङले ३९२ र खड्काले ३९५ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।
यस्तै, विजयकुमार गच्छदारले ३५५, चन्द्र भण्डारीले ३५१ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।