काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्।
६०० मत गन्दा गुरुङले २५८ र खड्काले २४६ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।
यस्तै, विजयकुमार गच्छदारले २४६, चन्द्र भण्डारीले २१५ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइराला समूहका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।