काठमाडौं– कांग्रेस नेता बलबहादुर केसीले अब कुखुरा बासिसकेकाले उज्यालो हुन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
सभापतिको उम्मेदवारमा मतदान गर्नेलाई धन्यवाद दिन शेखर कोइराला समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले अब परिवर्तन कसैले पनि रोक्न नसक्ने दाबी गरे।
संस्थापनइतर समूह एक ठाउँमा हुन जसरी एकमत भएर मतदान गरियो यसले उज्जालोको संकेत गरेको उनले बताए।
‘अब कुखुरो बासिसकेको छ’, उनले भने ‘अब उज्यालो हुन्छ हुन्छ। कसैले रोक्न सक्दैन।’ केसीले अहिले देखिएको एकता धेरै लामो समयसम्म रहन नपर्ने भन्दै आगामी १५औं महाधिवेशनसम्म कायम रहेमा उज्यालो हुने टिप्पणी गरे।
उनले अहिले शेखर कोइराला पक्षमा मात्र नभइ परिवर्तनको पक्षमा यो समूह देखिएको बताए। यसले आगामी गति देखाएको उनको दाबी छ। अहिले पराजित हुनु भन्दा पनि यसबाट सिकेर अझै अगाडि बढ्ने जोस पनि प्राप्त भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।