• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गायक अमात्यको जग्गा प्रकरण

१३ जनालाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस, सरकारी वकिल भन्छन्– मुद्दै चल्दैन

64x64
नारायण अधिकारी बुधबार, मंसिर २९, २०७८  १६:२०
1140x725

काठमाडौं– गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा कुमारी बैंककै भूमिका शंकास्पद देखिएपछि बैंकिङ कसूरमा सुरु भएको अनुसन्धानका क्रममा १३ जनाको संलग्नता खुलेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली कागजातलाई समेत कुमारी बैंकले कर्जा दिएको पाइएपछि बैंकका कर्मचारीसहित १३ जनाविरुद्ध अनुसन्धान गरेको थियो। सीआईबी स्रोतका अनुसार बैंकका उच्च पदस्थ कर्मचारीको समेत घटनामा संलग्नता देखिएको छ। बैंकिङ कसूर मुद्दामा अनुसन्धान सकाएर गत सोमबार मात्रै सीईबीले विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा सीआईबीले १३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्ने सिफारिस गरेको छ। 

सीईबीले १३ जनाको संलग्नता देखिएको भन्दै उनीहरुविरुद्ध बैंकिङ कसूरमा मुद्दा चलाउन सिफारिस गरेपनि विशेष सरकारी वकिल कार्यालयले भने उनीहरुविरुद्ध मुद्दा नै नचल्ने निर्णय गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। जानकार स्रोतले नेपाल लाइभसँग भन्यो, ‘बैंकका उच्च पदस्थसहित १३ जना संलग्न रहेको तथ्यसहित उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न भनेर सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर विशेष सरकारी वकिलले उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरेछ। विशेष सरकारी वकिलले के–कति कारणले यस्तो निर्णय गर्‍यो,  त्यो थाहा भएन।’

अझ रोचक त के भने सीआईबीले सुरुआती अनुसन्धानका क्रममा बैंकिङ कसूरको मुद्दामा अनुसन्धान गरेको थिएन। बैंकिङ कसूर नभएको र किर्ते भएको भन्दै लिखतसम्बन्धी कसूरमा अनुसन्धान गरेर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले त्यसबेला किर्तेमात्रै नभएर बैंकिङ कसूरसमेत जोडिएको देखिएकाले बैंकिङमासमेत अनुसन्धान गर्नू भनेर फाइल फिर्ता गरेको थियो। पहिला बैंकिङ कसूरमा अनुसन्धान गर्नु भनेर फाइल नै फिर्ता भएपछि सीआईबीले पुनः बैंकिङ कसूरमा अनुसन्धान गरेको थियो। तर, अहिले भने त्यही मुद्दा नै नचल्ने भन्दै विशेष सरकारी वलिक कार्यालयले फाइल थन्क्याएको छ।

सीआईबी स्रोतले पनि विशेष सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने भन्ने निर्णय भएको नेपाल लाइभलाई बतायो। 'पहिला बैंकिङ कसूरमा अनुसन्धान गर भन्ने अहिले बैंकिङ कसूर नै भएको छैन, मुद्दै चल्दैन भनेर फाइल थन्क्याइयो,' सीआईबी स्रोतले भन्यो, 'बैंकिङ कसूरमा १३ जनालाई प्रतिवादी बनाइएको भनिए पनि उनीहरु को-को हुन् भन्ने विषय अहिलेसम्म गोप्य राखिएको छ।'

nimb
nimb
Ncell 2
Ncell 2

अमात्यको जग्गाको नक्कली कागजात बनाएर अर्कै व्यक्तिले १९ करोड रुपैयाँ ऋण लिएको र पछि त्यो विषय बैंकले थाहा पाएपछि उनीहरुबाट ऋण चुक्ता गरेकाले बैंकिङ कसूर हुन नपाएको भन्दै मुद्दा नचल्ने तर्क सरकारी वकिल कार्यालयले गरेको स्रोतले जानकारी दियो।

यस प्रकरणमा प्रहरीले पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्‍कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई पक्राउ गरेर किर्तेमा मुद्दा चलाएको थियो। बैंकको पर्सा शाखाका एक कर्मचारीसहित चार जनालाई फरार प्रतिवादी बनाइएको थियो।

जग्गाको लालपुर्जा नक्कली भएको थाहा हुँदाहुँदै कुमारी बैंकको पर्सा शाखाका कर्मचारीको मिलेमतोमा नै ऋण दिइएको प्रहरीले दाबी गरेको छ।

गायक अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा १२ बिघा जग्गा थियो। उक्त जग्गा नै अर्कै कम्पनीमा रहेको भन्ने कागजात बनाएर योजनाबद्ध तरिकाले १९ करोड रुपैयाँ हत्याउन नक्कली लालपुर्जा बनाइएको खुलेको थियो।

एसके र मुक्तिलालको डेनियल ट्रेडिङको नाममा उक्त जग्गा नामसारी गरेर नक्कली लालपुर्जा बनाएर उनीहरुको कम्पनीको नाममा १२ बिघा जग्गा रहेको प्रमाण देखाइ १९ करोड रुपैयाँ कर्जा लिइएको थियो।

नक्कली लालपुर्जा राखेर १९ करोड रुपैयाँ ऋण दिने प्रकरणको नेक्सस पर्सा, काठमाडौंको न्यूरोड शाखादेखि काठमाडौं नक्सालमा रहेको कुमारी बैंकको केन्द्रीय कार्यालयसम्म जोडिएको सीआईबीका अनुसन्धानले देखाएको थियो।

१२ बिघा जग्गाको नक्कली लालपुर्जा राखेर ऋण लिन भन्दै कुमारी बैंकको पर्सास्थित शाखामा २०७८ भदौमा कागजात पेस भएको थियो। उक्त कागजात अध्ययनका लागि भनेर काठमाडौंको न्यूरोड शाखा हुँदै केन्द्रीय कार्यालय नक्सालसम्म पठाएको देखिएको अनुसन्धानबाट खुलेको थियो। केन्द्रीय कार्यालयलेसमेत उक्त कागजातलाई सदर गर्दै ऋणका लागि स्वीकृत गरेको देखिएपछि ऋण प्रवाह भएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्