• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
गायक अमात्यको जग्गा प्रकरण

१३ जनालाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस, सरकारी वकिल भन्छन्– मुद्दै चल्दैन

64x64
नारायण अधिकारी बुधबार, मंसिर २९, २०७८  १६:२०
1140x725

काठमाडौं– गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ऋण लिएको घटनामा कुमारी बैंककै भूमिका शंकास्पद देखिएपछि बैंकिङ कसूरमा सुरु भएको अनुसन्धानका क्रममा १३ जनाको संलग्नता खुलेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली कागजातलाई समेत कुमारी बैंकले कर्जा दिएको पाइएपछि बैंकका कर्मचारीसहित १३ जनाविरुद्ध अनुसन्धान गरेको थियो। सीआईबी स्रोतका अनुसार बैंकका उच्च पदस्थ कर्मचारीको समेत घटनामा संलग्नता देखिएको छ। बैंकिङ कसूर मुद्दामा अनुसन्धान सकाएर गत सोमबार मात्रै सीईबीले विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा सीआईबीले १३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्ने सिफारिस गरेको छ। 

सीईबीले १३ जनाको संलग्नता देखिएको भन्दै उनीहरुविरुद्ध बैंकिङ कसूरमा मुद्दा चलाउन सिफारिस गरेपनि विशेष सरकारी वकिल कार्यालयले भने उनीहरुविरुद्ध मुद्दा नै नचल्ने निर्णय गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। जानकार स्रोतले नेपाल लाइभसँग भन्यो, ‘बैंकका उच्च पदस्थसहित १३ जना संलग्न रहेको तथ्यसहित उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न भनेर सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर विशेष सरकारी वकिलले उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरेछ। विशेष सरकारी वकिलले के–कति कारणले यस्तो निर्णय गर्‍यो,  त्यो थाहा भएन।’

अझ रोचक त के भने सीआईबीले सुरुआती अनुसन्धानका क्रममा बैंकिङ कसूरको मुद्दामा अनुसन्धान गरेको थिएन। बैंकिङ कसूर नभएको र किर्ते भएको भन्दै लिखतसम्बन्धी कसूरमा अनुसन्धान गरेर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले त्यसबेला किर्तेमात्रै नभएर बैंकिङ कसूरसमेत जोडिएको देखिएकाले बैंकिङमासमेत अनुसन्धान गर्नू भनेर फाइल फिर्ता गरेको थियो। पहिला बैंकिङ कसूरमा अनुसन्धान गर्नु भनेर फाइल नै फिर्ता भएपछि सीआईबीले पुनः बैंकिङ कसूरमा अनुसन्धान गरेको थियो। तर, अहिले भने त्यही मुद्दा नै नचल्ने भन्दै विशेष सरकारी वलिक कार्यालयले फाइल थन्क्याएको छ।

सीआईबी स्रोतले पनि विशेष सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने भन्ने निर्णय भएको नेपाल लाइभलाई बतायो। 'पहिला बैंकिङ कसूरमा अनुसन्धान गर भन्ने अहिले बैंकिङ कसूर नै भएको छैन, मुद्दै चल्दैन भनेर फाइल थन्क्याइयो,' सीआईबी स्रोतले भन्यो, 'बैंकिङ कसूरमा १३ जनालाई प्रतिवादी बनाइएको भनिए पनि उनीहरु को-को हुन् भन्ने विषय अहिलेसम्म गोप्य राखिएको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

अमात्यको जग्गाको नक्कली कागजात बनाएर अर्कै व्यक्तिले १९ करोड रुपैयाँ ऋण लिएको र पछि त्यो विषय बैंकले थाहा पाएपछि उनीहरुबाट ऋण चुक्ता गरेकाले बैंकिङ कसूर हुन नपाएको भन्दै मुद्दा नचल्ने तर्क सरकारी वकिल कार्यालयले गरेको स्रोतले जानकारी दियो।

यस प्रकरणमा प्रहरीले पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्‍कनकर्ता राजेश चौरसिया, काठमाडौंका एसके महर्जन, मुक्तिलाल गौतम र अर्का बिचौलिया कुसुम प्रधानलाई पक्राउ गरेर किर्तेमा मुद्दा चलाएको थियो। बैंकको पर्सा शाखाका एक कर्मचारीसहित चार जनालाई फरार प्रतिवादी बनाइएको थियो।

जग्गाको लालपुर्जा नक्कली भएको थाहा हुँदाहुँदै कुमारी बैंकको पर्सा शाखाका कर्मचारीको मिलेमतोमा नै ऋण दिइएको प्रहरीले दाबी गरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गायक अमात्यको बाराको विश्रामपुरमा बिरुवा भूमि वनकाली कम्पनीको नाममा १२ बिघा जग्गा थियो। उक्त जग्गा नै अर्कै कम्पनीमा रहेको भन्ने कागजात बनाएर योजनाबद्ध तरिकाले १९ करोड रुपैयाँ हत्याउन नक्कली लालपुर्जा बनाइएको खुलेको थियो।

एसके र मुक्तिलालको डेनियल ट्रेडिङको नाममा उक्त जग्गा नामसारी गरेर नक्कली लालपुर्जा बनाएर उनीहरुको कम्पनीको नाममा १२ बिघा जग्गा रहेको प्रमाण देखाइ १९ करोड रुपैयाँ कर्जा लिइएको थियो।

नक्कली लालपुर्जा राखेर १९ करोड रुपैयाँ ऋण दिने प्रकरणको नेक्सस पर्सा, काठमाडौंको न्यूरोड शाखादेखि काठमाडौं नक्सालमा रहेको कुमारी बैंकको केन्द्रीय कार्यालयसम्म जोडिएको सीआईबीका अनुसन्धानले देखाएको थियो।

१२ बिघा जग्गाको नक्कली लालपुर्जा राखेर ऋण लिन भन्दै कुमारी बैंकको पर्सास्थित शाखामा २०७८ भदौमा कागजात पेस भएको थियो। उक्त कागजात अध्ययनका लागि भनेर काठमाडौंको न्यूरोड शाखा हुँदै केन्द्रीय कार्यालय नक्सालसम्म पठाएको देखिएको अनुसन्धानबाट खुलेको थियो। केन्द्रीय कार्यालयलेसमेत उक्त कागजातलाई सदर गर्दै ऋणका लागि स्वीकृत गरेको देखिएपछि ऋण प्रवाह भएको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्