काठमाडौं- आईसीसी महिला क्रिकेट टी २० विश्वकप २०२२ को खेल तालिका सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार महिला विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो।
प्रतियोगितामा आयोजक न्यूजिल्यान्डसँगै अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, वेस्ट इन्डिज, पाकिस्तान र बंगलादेश गरि ८ राष्ट्रको सहभागी रहने छ।
सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक न्यूजिल्यान्डले मार्च ४ मा वेस्ट इन्डिजको सामना गर्ने छ।
राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगिताका खेलहरु न्यूजिल्यान्डको विभिन्न ६ सहरमा खेलाइने छ।
३१ खेलमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल भने अप्रिल ३ मा क्रिसचर्चमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।