काठमाडौं– हालै सम्पन्न महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टीलाई विधि र थितिमा चलाउन आग्रह गरेका छन्।
उनले नवनिर्वाचित सभापति देउवालाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै समुन्नत नेपालको अभियान पार्टी रुपान्तरणको मुद्दामा सहकार्य गरिने बताएका छन्।
‘आदरणीय शेरबहादुर देउवा ज्यू, पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई!,’ उनले भनेका छन्, ‘आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।