काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले सभापति पदको मतगणना जारी छ।
मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला भावी सभापतिका लागि प्रतिस्पर्धामा छन्। मतगणना सुरु भएदेखि नै देउवाले अग्रता लिएका छन् भने कोइरालाले उनलाई पछ्याइरहेका छन्। तर, दुई प्रतिस्पर्धीबीचको मतान्तर भने बढ्दै गइरहेको छ।
३३१८ मत गणना हुँदासम्म देउवाले १९८४ मत पाएका छन् भने कोइरालाले १३०९ मत पाएका छन्। कोइराला देउवाभन्दा ६७५ मतले पछि छन्।
सोमबार भएको सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासीमध्यै कसैले पनि खसेको कूल मतमध्ये ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।
मंगलबार दिउँसो ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको थियो।
कांग्रेसका कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६४ जनाले मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।