काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनपछि जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता जारी राखेका छन्।
राष्ट्रिय सभा गृहमा जारी मतगणनाअन्तर्गत १२९९ मत गनिसक्दा सभापतिका उम्मेदवार देउवाले ७६१ मत पाएका छन्।
अर्का उम्मेदवार शेखर कोइरालाले ५२७ मत पाएका छन्। शेखर देउवाभन्दा २३४ मतले पछि छन्।
सोमबार भएको सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासीमध्यै कसैले पनि खसेको कूल मतमध्ये ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।
मंगलबार दिउँसो ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको थियो।
कांग्रेसका कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६४ जनाले मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।