काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ। केही समय अगाडि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ४ ठाउँमा राखेर मतगणना भइरहेको छ। मतगणना सुरु भएको २ घण्टाभित्र अन्तिम परिणाम आइसक्ने निर्वाचन समितिका अधिकारीहरुको भनाइ छ।
सोमबार भएको सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ५ जना प्रत्यासीमध्यै कसैले पनि खसेको कूल मतमध्ये ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो।
मंगलबार दिउँसो ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको थियो।
कांग्रेसका कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये मंगलबार सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ५६४ जनाले मतदान गरेका छन्।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा मतदान गरेका ११५ जना दोस्रो चरणको निर्वाचनमा सहभागी भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।