काठमाडौं- नेपाली यू-१९ क्रिकेट टोली एसीसी यू-१९ एसिया कपको पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ।
एसियन क्रिकेट काउन्सिलले आयोजना हुने प्रतियोगिता दुई सातापछि यूएईमा हुनेछ।
यू-१९ एसिया कपको खेल तालिका र समूह विभाजन एसीसीले मंगलबार सार्वजनिक गरेको छ।
समूह 'बी' मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत छन्। यस समूहका खेल शारजाहमा हुनेछ।
यस्तै, समूह 'ए' मा भारत, अफगानिस्तान, पाकिस्तान र यूएई छन्। समूह 'ए' का खेल दुबईमा हुने छन्।
यू-१९ एसिया कप पुस ८ देखि १६ गतेसम्म चल्नेछ। नेपालले पहिलो खेल पुस ८ मा बंगलादेशसँग शाहजाहमा खेल्नेछ। यस्तै, दोस्रो खेल पुस ११ मा श्रीलंका र अन्तिम खेल पुस १३ मा कुवेतसँग खेल्नेछ।
शीर्ष दुईमा रहनसके नेपालले सेमिफाइनल खेल्नेछ। दुवै सेमिफाइनल पुस १५ मा हुनेछ। फाइनल पुस १६ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।