काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको मतदानको मतगणना आजै राति १० बजेदेखि हुने भएको छ। उपसभापतिसहित बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना भने बिहीबारदेखि मात्र हुनेछ।
सोमबार भएको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा मतदान भएको छ।
राष्ट्रिय सभागृहमा अहिले मतदान भइरहेको छ। सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा छन्।
पहिलो चरणको मतदानमा सभापतिको रिङबाट बाहिरिएका प्रकाशकान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङदे देउवालाई समर्थन गरेका छन्।
मतदान सकिएलगत्तै आजै राति १० बजेदेखि सभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ। सभापतिबाहेकको मतगणना भने बिहीबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।