• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन तस्करको नयाँ तरिका

कतारबाट ल्याएको सुनको बिलमा नेपाली भाषा, पास्ता बनाउने मेसिनको पाइप नै सुनको

विदेशबाट भित्रिएकोमध्ये ८० प्रतिशत सुन तस्करीको
64x64
नारायण अधिकारी बुधबार, मंसिर २९, २०७८  ०८:३५
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अन्तर्राष्ट्रिय हवाई यात्रुले ल्याउने सुनको जाँचमा कडाई गर्न थालेपछि राजस्व छल्न नयाँ-नयाँ तरिका अपनाएर काँचो सुन नेपाल भित्र्याउने गरेको खुलेको छ।

सरकारले २०७७ जेठ १५ गतेदेखि लागु हुनेगरी जारी गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश’ अनुसार विमानस्थल भन्सार कार्यालयले मंसिर १३ गतेदेखि जाँचमा कडाई सुरु गरेको छ। त्यसपछि राजस्व छली गर्न नयाँ तरिका अपनाएर सुन भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ। 

कतिसम्म भने कतारमा खरिद गरिएको सुनको बिलसमेत नेपाली भाषामा उल्लेख भएको पाइएको भन्सार स्रोतले नेपाल लाइभलाई बतायो। कतारबाट नेपाल आएका शान्तमान तामाङले सुनका गहना भनेर ल्याएको बिल नै नक्कली फेला परेको हो। काँचो सुनलाई भन्सार छुट नहुने भएपछि भन्सार छल्ने उद्देश्यले उनले गहनाको आकारमा सुन ल्याएको पाइएको छ। त्यसका लागि बनाइएको बिलमा समेत नेपाली भाषामा ‘जर्ती काटेको’ उल्लेख गरेको पाइएको छ। 

‘कतारमा बनेको सुनको बिल अंग्रेजी वा अरबिक भाषामा हुनुपर्ने हो। तर, गहना सुन भनेर दाबी गर्ने मनसायले पेश गरिएको बिलमा भने अन्य ठाउँमा अंग्रेजी भाषामा उल्लेख गरिएको भए पनि जर्ती काटेको भनेर नेपालीमै लेखिएको पाइएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले भने।  

बाला आकारपछि सिक्रि र मुन्द्रा आकारमा भित्र्याउन थालियो
काँचो सुनको तारलाई बेरेर बाला आकार दिई गहनाको रुपमा भित्र्याएर भन्सार छल्ने गरेको पाइएपछि विमानस्थल भन्सार कार्यालयले धमाधम नियन्त्रणमा लिन थालेको थियो। बाला आकारको काँचो सुनमा कडाई गर्न थालेपछि नयाँ स्वरुपमा काँचो सुन भित्रिन थालेको भट्टराईले बताए। 

‘सुरुका दिनमा सुनका तारलाई बाला हो भनि सुनका गहनाको सुविधा दाबी गर्ने प्रवृतिलाई नियमन गरेपछि पछिल्लो समय बालाका आकारको सट्टामा बेरुवा औँठीदेखि सिक्रिसम्मको आकार दिएर भित्र्याउन थालिएको छ,’ भट्टराईले भने।

अहिले सुनको तारलाई ८/९ फन्कोसम्म बेरेर बेरुवा औँठी जस्तो देखाएर तथा काँचो सुनलाई साना-साना टुक्रा पारेर हुकिङ गरी सिक्रि र ब्रासलेटको आकारमा ल्याउने गरेको पाइएको छ। यसरी ५० ग्रामसम्मका काँचो सुन भित्रिने गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। नयाँ आकार दिएर राजस्व छल्ने उदेश्यसका साथ भित्र्याइएका ती सुन समेत नियन्त्रणमा लिएर राजस्व तिरेपछि मात्रै भन्सारले छाड्दै आएको छ। 

२ हप्तामा ९४ किलो काँचो सुन नियन्त्रण, ९ करोड राजस्व जम्मा
विमानस्थल भन्सारले कडाई गर्न थालेको २ सातामै ९४ किलो काँचो सुन नियन्त्रणमा लिएको छ। त्यसबाट ९ करोड राजस्व समेत जम्मा भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मंसिर १३ गतेदेखि २६ गतेसम्म २ हजार ५२ जना यात्रुबाट ९४ किलो काँचो सुन नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ। उनीहरुमध्ये अहिलेसम्म १ हजार ८ सय ९७ जनाले राजस्व तिरेर साढे ८७ किलो सुन लगिसकेका छन्। जसबाट ८ करोड ३८ लाख रुपैयाँ राजस्वसमेत संकलन भइसकेको प्रमुख प्रशासक भट्टराईले बताए। 

विमानस्थल भन्सारको लकरमा अझै साढे ६ किलो सुन यात्रुले लैजान बाँकी छ। उक्त सुनको राजस्व ६३ लाख बराबरको छ। 

सुरुका दिनमा काँचो सुन ल्याउने यात्रुको संख्या अधिक रहेकोमा अहिले त्यो संख्या घट्दै गएको भन्सार कार्यालयले जनाएको छ। पहिलो हप्ता साढे ७२ किलो भन्दा बढी काँचो सुन नियन्त्रणमा लिइएकोमा दोस्रो हप्ता साढे २१ किलो मात्रै सुन नियन्त्रणमा लिइएको प्रमुख प्रशासक भट्टराईले जानकारी दिए। भन्सारले कडाई गर्न थाले काँचो सुन ल्याउनेको संख्या घट्दै गएको छ। 

विदेशबाट भित्रिएकोमध्ये ८० प्रतिशत सुन तस्करीको
विदेशबाट भित्रिएको काँचो सुनमध्ये ८० प्रतिशत सुन तस्करहरुले भित्र्याएको भन्सार कार्यालयले जनाएको छ। विमानस्थल भन्सार कार्यालयले सुन ल्याउने यात्रुलाई तीन वर्गमा बाँडेर अनुसन्धान गरेको थियो। वैदेशिक रोजगारीमा गई स्वदेश फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन खरिद गरेर ल्याउने, पर्यटक भिसामा विदेश गएर फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउने र वैदेशिक रोजगारीबाट फर्कंदा भरियाको रुपमा अन्य व्यक्तिको सुन ल्याउने गरी तीन वर्गमा बाँडेर भन्सार कार्यालयले अनुसन्धान गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुरुका दिनमा सुन ल्याउने कुल यात्रुमध्ये पहिलो र दोस्रो वर्गका व्यक्तिको अनुपात १०-१० प्रतिशत थियो। तेस्रो वर्गका व्यक्तिको अनुपात ८० प्रतिशत थियो। अर्थात् नेपाल भित्रिएको काँचो सुनमध्ये ८० प्रतिशत सुन तस्करले वैदेशिक रोजगारीमा भएर फर्केकालाई प्रयोग गरेर ल्याउने गरेका थिए। 

भन्सार कार्यालयले जाँचमा कडाई गर्न थालेपछि पहिलो र दोस्रोको अनुपात यथावत रहेकोमा अहिले भरिया बनेर सुन ल्याउने यात्रुको संख्या अन्यन्त न्यून देखिएको भन्सार कार्यालयका प्रमुख प्रशासक भट्टराईले जानकारी दिए। 

पास्ता बनाउने मेसिनको पाइप नै सुनको!
पास्ता बनाउने मेसिनमा जडान हुने पाइप नै सुनको बनाएर समेत सुन भित्र्याउने गरेको खुलेको छ। सोमबार कतारबाट काठमाडौं उडान भरेका दुई फरक-फरक जहाजमार्फत नेपाल आएका दुई यात्रुले पास्ता बनाउने मेसिनको पाइप नै सुनको बनाएर ल्याएको खुलेको छ।

उनीहरुले ल्याएका मेसिनलाई एक्सरेमा जाँच गर्दा संकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले मेसिन नै खोलेर जाँच गरेको थियो। सो क्रममा उक्त मेसिनमा जडान भएको स्टीलको पाइपलाई समेत काटेर हेर्दा चाँदीको जस्तो जलप लगाएको पाइएको थियो। भित्र भने पहँलो सुन जस्तो देखिएपछि जाँच गर्दा सुन नै भएको पुष्टि भएको थियो। दुई वटा मेसिनमा जडान भएका सुनका पाइपको तौल ३-३ सय ग्राम रहेको भट्टराईले बताए। 

त्यसैगरी मलद्वारमा समेत लुकाएर झण्डै एक किलो सुन तस्करले नेपाल भित्र्याएको खुलेको छ। मंसिर २३ गते दुबईबाट काठमाडौं आएका भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकरले मलद्वारमा कालो रंगको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा ५ थान अर्ध ठोस सुन ल्याएको भन्सार कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्