• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन तस्करको नयाँ तरिका

कतारबाट ल्याएको सुनको बिलमा नेपाली भाषा, पास्ता बनाउने मेसिनको पाइप नै सुनको

विदेशबाट भित्रिएकोमध्ये ८० प्रतिशत सुन तस्करीको
64x64
नारायण अधिकारी बुधबार, मंसिर २९, २०७८  ०८:३५
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अन्तर्राष्ट्रिय हवाई यात्रुले ल्याउने सुनको जाँचमा कडाई गर्न थालेपछि राजस्व छल्न नयाँ-नयाँ तरिका अपनाएर काँचो सुन नेपाल भित्र्याउने गरेको खुलेको छ।

सरकारले २०७७ जेठ १५ गतेदेखि लागु हुनेगरी जारी गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश’ अनुसार विमानस्थल भन्सार कार्यालयले मंसिर १३ गतेदेखि जाँचमा कडाई सुरु गरेको छ। त्यसपछि राजस्व छली गर्न नयाँ तरिका अपनाएर सुन भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ। 

कतिसम्म भने कतारमा खरिद गरिएको सुनको बिलसमेत नेपाली भाषामा उल्लेख भएको पाइएको भन्सार स्रोतले नेपाल लाइभलाई बतायो। कतारबाट नेपाल आएका शान्तमान तामाङले सुनका गहना भनेर ल्याएको बिल नै नक्कली फेला परेको हो। काँचो सुनलाई भन्सार छुट नहुने भएपछि भन्सार छल्ने उद्देश्यले उनले गहनाको आकारमा सुन ल्याएको पाइएको छ। त्यसका लागि बनाइएको बिलमा समेत नेपाली भाषामा ‘जर्ती काटेको’ उल्लेख गरेको पाइएको छ। 

‘कतारमा बनेको सुनको बिल अंग्रेजी वा अरबिक भाषामा हुनुपर्ने हो। तर, गहना सुन भनेर दाबी गर्ने मनसायले पेश गरिएको बिलमा भने अन्य ठाउँमा अंग्रेजी भाषामा उल्लेख गरिएको भए पनि जर्ती काटेको भनेर नेपालीमै लेखिएको पाइएको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले भने।  

बाला आकारपछि सिक्रि र मुन्द्रा आकारमा भित्र्याउन थालियो
काँचो सुनको तारलाई बेरेर बाला आकार दिई गहनाको रुपमा भित्र्याएर भन्सार छल्ने गरेको पाइएपछि विमानस्थल भन्सार कार्यालयले धमाधम नियन्त्रणमा लिन थालेको थियो। बाला आकारको काँचो सुनमा कडाई गर्न थालेपछि नयाँ स्वरुपमा काँचो सुन भित्रिन थालेको भट्टराईले बताए। 

‘सुरुका दिनमा सुनका तारलाई बाला हो भनि सुनका गहनाको सुविधा दाबी गर्ने प्रवृतिलाई नियमन गरेपछि पछिल्लो समय बालाका आकारको सट्टामा बेरुवा औँठीदेखि सिक्रिसम्मको आकार दिएर भित्र्याउन थालिएको छ,’ भट्टराईले भने।

अहिले सुनको तारलाई ८/९ फन्कोसम्म बेरेर बेरुवा औँठी जस्तो देखाएर तथा काँचो सुनलाई साना-साना टुक्रा पारेर हुकिङ गरी सिक्रि र ब्रासलेटको आकारमा ल्याउने गरेको पाइएको छ। यसरी ५० ग्रामसम्मका काँचो सुन भित्रिने गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। नयाँ आकार दिएर राजस्व छल्ने उदेश्यसका साथ भित्र्याइएका ती सुन समेत नियन्त्रणमा लिएर राजस्व तिरेपछि मात्रै भन्सारले छाड्दै आएको छ। 

२ हप्तामा ९४ किलो काँचो सुन नियन्त्रण, ९ करोड राजस्व जम्मा
विमानस्थल भन्सारले कडाई गर्न थालेको २ सातामै ९४ किलो काँचो सुन नियन्त्रणमा लिएको छ। त्यसबाट ९ करोड राजस्व समेत जम्मा भएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

मंसिर १३ गतेदेखि २६ गतेसम्म २ हजार ५२ जना यात्रुबाट ९४ किलो काँचो सुन नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ। उनीहरुमध्ये अहिलेसम्म १ हजार ८ सय ९७ जनाले राजस्व तिरेर साढे ८७ किलो सुन लगिसकेका छन्। जसबाट ८ करोड ३८ लाख रुपैयाँ राजस्वसमेत संकलन भइसकेको प्रमुख प्रशासक भट्टराईले बताए। 

विमानस्थल भन्सारको लकरमा अझै साढे ६ किलो सुन यात्रुले लैजान बाँकी छ। उक्त सुनको राजस्व ६३ लाख बराबरको छ। 

सुरुका दिनमा काँचो सुन ल्याउने यात्रुको संख्या अधिक रहेकोमा अहिले त्यो संख्या घट्दै गएको भन्सार कार्यालयले जनाएको छ। पहिलो हप्ता साढे ७२ किलो भन्दा बढी काँचो सुन नियन्त्रणमा लिइएकोमा दोस्रो हप्ता साढे २१ किलो मात्रै सुन नियन्त्रणमा लिइएको प्रमुख प्रशासक भट्टराईले जानकारी दिए। भन्सारले कडाई गर्न थाले काँचो सुन ल्याउनेको संख्या घट्दै गएको छ। 

विदेशबाट भित्रिएकोमध्ये ८० प्रतिशत सुन तस्करीको
विदेशबाट भित्रिएको काँचो सुनमध्ये ८० प्रतिशत सुन तस्करहरुले भित्र्याएको भन्सार कार्यालयले जनाएको छ। विमानस्थल भन्सार कार्यालयले सुन ल्याउने यात्रुलाई तीन वर्गमा बाँडेर अनुसन्धान गरेको थियो। वैदेशिक रोजगारीमा गई स्वदेश फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन खरिद गरेर ल्याउने, पर्यटक भिसामा विदेश गएर फर्कंदा व्यक्तिगत प्रयोजनका लागि सुन ल्याउने र वैदेशिक रोजगारीबाट फर्कंदा भरियाको रुपमा अन्य व्यक्तिको सुन ल्याउने गरी तीन वर्गमा बाँडेर भन्सार कार्यालयले अनुसन्धान गरेको थियो। 

सुरुका दिनमा सुन ल्याउने कुल यात्रुमध्ये पहिलो र दोस्रो वर्गका व्यक्तिको अनुपात १०-१० प्रतिशत थियो। तेस्रो वर्गका व्यक्तिको अनुपात ८० प्रतिशत थियो। अर्थात् नेपाल भित्रिएको काँचो सुनमध्ये ८० प्रतिशत सुन तस्करले वैदेशिक रोजगारीमा भएर फर्केकालाई प्रयोग गरेर ल्याउने गरेका थिए। 

भन्सार कार्यालयले जाँचमा कडाई गर्न थालेपछि पहिलो र दोस्रोको अनुपात यथावत रहेकोमा अहिले भरिया बनेर सुन ल्याउने यात्रुको संख्या अन्यन्त न्यून देखिएको भन्सार कार्यालयका प्रमुख प्रशासक भट्टराईले जानकारी दिए। 

पास्ता बनाउने मेसिनको पाइप नै सुनको!
पास्ता बनाउने मेसिनमा जडान हुने पाइप नै सुनको बनाएर समेत सुन भित्र्याउने गरेको खुलेको छ। सोमबार कतारबाट काठमाडौं उडान भरेका दुई फरक-फरक जहाजमार्फत नेपाल आएका दुई यात्रुले पास्ता बनाउने मेसिनको पाइप नै सुनको बनाएर ल्याएको खुलेको छ।

उनीहरुले ल्याएका मेसिनलाई एक्सरेमा जाँच गर्दा संकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले मेसिन नै खोलेर जाँच गरेको थियो। सो क्रममा उक्त मेसिनमा जडान भएको स्टीलको पाइपलाई समेत काटेर हेर्दा चाँदीको जस्तो जलप लगाएको पाइएको थियो। भित्र भने पहँलो सुन जस्तो देखिएपछि जाँच गर्दा सुन नै भएको पुष्टि भएको थियो। दुई वटा मेसिनमा जडान भएका सुनका पाइपको तौल ३-३ सय ग्राम रहेको भट्टराईले बताए। 

त्यसैगरी मलद्वारमा समेत लुकाएर झण्डै एक किलो सुन तस्करले नेपाल भित्र्याएको खुलेको छ। मंसिर २३ गते दुबईबाट काठमाडौं आएका भारतीय नागरिक ३१ वर्षीय सद्दाम हुसेन सेगु अबुबैकरले मलद्वारमा कालो रंगको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा ५ थान अर्ध ठोस सुन ल्याएको भन्सार कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्